शिखर इन्स्योरेन्स फेरि शिखरमा : दशक लामो नेतृत्व, अन्तर्राष्ट्रिय मान्यता र ‘डबल ए माइनस’ रेटिङ « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

शिखर इन्स्योरेन्स फेरि शिखरमा : दशक लामो नेतृत्व, अन्तर्राष्ट्रिय मान्यता र ‘डबल ए माइनस’ रेटिङ



रेटिङले दियो सन्देश : नेपाली बीमा बजार अब ग्लोबल स्तरमा…

काठमाडौं । शिखर इन्स्योरेन्स नेपाली निर्जीवन बीमा बजारमा ‘नम्बर–वान’ को ताज बोकेको कम्पनी हो । बीमा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको शिखरले ‘डबल ए माइनस’ रेटिङ प्राप्त गरेको छ ।

इक्रा नेपालबाट उक्त क्रेडिट रेटिङ प्राप्त गर्दै शिखरले आफूलाई सबैभन्दा बलियो, सुरक्षित र भरपर्दो बीमा कम्पनीको रूपमा पुनः प्रमाणित गरेको छ । यो रेटिङ शिखरको व्यवसायिक मजबुती, पारदर्शिता, व्यवस्थापन क्षमता र वित्तीय स्थायित्वको सशक्त प्रमाण हो ।

नेपाल सरकार स्वामित्व वा विदेशी लगानी भएका कम्पनी बाहेकका निजी क्षेत्रका बीमा तथा बैंक संस्थामध्ये ‘डलब ए माइनस’ वा सो भन्दा माथिको रेटिङ प्राप्त गर्न सफल शिखर एकमात्र कम्पनी हो । यस्तो रेटिङ प्राप्त गर्ने अन्य पाँच संस्था मात्र दुई सरकारी र तीन विदेशी लगानीका बैंकहरू छन् ।

इक्रा नेपालले शिखरको विभिन्न पक्षहरूको गहिरो मूल्याङ्कन गर्दै यो रेटिङ प्रदान गरेको हो । मूल्याङ्कनमा कम्पनीको जोखिम व्यवस्थापन, महाविपत्तिको पुनर्बीमा क्षमता, वित्तीय स्थायित्व, बजार हिस्सा तथा व्यवस्थापन क्षमतालाई आधार बनाइएको हो ।

महाविपत्तिमा पनि भरपर्दो साथ

शिखर इन्स्योरेन्सले अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त पुनर्बीमा कम्पनीहरू ह्यानओभर रि र स्विस रे जस्ता संस्थासँगको सहकार्यमा नेपालको बीमा क्षेत्रमै सबैभन्दा बढी रकम र व्यापक दायराको महाविपत्ति पुनर्बीमा व्यवस्था गरेको छ । परिणामस्वरूप कम्पनीले भूकम्प, बाढी, पहिरो तथा हुलदंगाबाट पीडित ग्राहकहरूको दाबीहरू छिटोछरितो रुपमा भुक्तानी गर्दै आएको छ ।

उत्कृष्ट सोल्भेन्सी अनुपात

नेपाल बीमा प्राधिकरणद्वारा लागू गरिएको जोखिममा आधारित पूँजी मापदण्डअनुसार शिखर इन्स्योरेन्सको सोल्भेन्सी अनुपात ३.६७ रहेको छ, जुन उद्योगमै उत्कृष्ठ दर हो । कम्पनीले नगद लाभांशको सट्टा बोनस सेयरमार्फत चुक्ता पूँजी वृद्धि गर्दै वित्तीय सुदृढीकरणलाई प्राथमिकता दिएको छ ।

दशक लामो बजार नेतृत्व

शिखर इन्स्योरेन्सले पछिल्लो दस वर्षदेखि लगातार सबैभन्दा ठूलो बजार हिस्सा ओगट्दै आएको छ । अरु कम्पनीहरू आपसमा गाभिएर अघि बढ्दा पनि शिखरले आफ्नो बजार उपस्थिति यथावत राख्न सफल भएको छ । व्यवसायमा मर्जर बिना नै आफूलाई शीर्ष सूचीमा कायमै राख्दै आएको छ ।

अनुभवी व्यवस्थापन, अन्तर्राष्ट्रिय मान्यता

कम्पनीसँग दक्ष र अनुभवी व्यवस्थापन समूह रहेको छ, जसले जोखिम व्यवस्थापनदेखि ग्राहक सन्तुष्टिसम्मका सबै पक्षलाई मजबुत बनाएर सञ्चालन गरिरहेको छ । यसै व्यवस्थापन क्षमताकै आधाररमा कम्पनीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर प्रमाणीकरणसमेत हासिल गरेको हो ।


प्रतिक्रिया दिनुहोस्