इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको सीईओ बने डा. पौडेल

काठमाडौं । डा. लक्ष्मीकान्त पौडेल इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् ।
आईआईएन संचालक समितिले लमजुङ, दुराडाँडाका डा. पौडेललाई सीईओको जिम्मेवारी दिइएको हो ।
सीईओ पदका लागि गत चैत १५ गते दरखास्त आह्वान गरिएको थियो । सो पदका लागि पाँच जनाले आवेदन दिएका थिए ।
तीमध्ये सिफारिस समितिले सबै उम्मेदवारको मूल्यांकनपछि पाँचै जनाको नाम सञ्चालक समितिमा पेश गरेको थियो । तर, सिफारिसका आधारमा सञ्चालक समितिले डा. पौडेललाई सीईओमा नियुक्ति गरेको हो ।
आईआईएनको सीईओ पदका लागि डा. पौडेल, सुजन सुवेदी, सुभाष कोइराला, नारायणकुमार भट्टराई र बुद्धकाजी श्रेष्ठ प्रतिस्पर्धामा थिए ।