बीमामा लाभांश लहर, कुन कम्पनीले कति बाँड्दैछन बोनस र नगद ? « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

बीमामा लाभांश लहर, कुन कम्पनीले कति बाँड्दैछन बोनस र नगद ?



काठमाडौं । बीमा क्षेत्रका देश दर्जन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हालसम्म १८ वटा बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हालसम्म जीवन बीमा र निर्जीवन बीमातर्फका ९–९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । ती बाहेकका अन्य कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी छ ।

निर्जीवन बीमा तर्फ सिद्धार्थ प्रिमियर, शिखर, सानिमा जिआइसी, नेपाल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी, नेको, एनएलजी, आइजीआई प्रुडेन्सियल र हिमालयन एभरेष्टले लाभांश घोषणा गरेका छन् ।

गत आवको मुनाफाबाट सिद्धार्थ प्रिमियरले आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ । यस्तै, शिखर इन्स्योरेन्सले भने १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५ प्रतिशत लाभांश दिने भएको छ ।

यो वर्षका लागि सानिमा जिआइसीले ७.५ प्रतिशत नगद र ०.३९ प्रतिशत नगद गरि ७.८९ प्रतिशत लाभांश दिने भएको हो । यस्तै, नेपाल इन्स्योरेन्सले पनि १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभाशं दिने भएको छ ।

यता, आइजीआई प्रुडेन्सियलले ९.७४ प्रतिशत नगद दिने भएको छ । गत आवको मुनाफाबाट एभरेष्ट इन्स्योरेन्सले पनि ८.७५ प्रतिशत नगद लाभांश मात्रै दिने भएको हो ।

यता, नेको इन्स्योरेन्सले पनि आफ्ना सेयरधनीलाई ७ प्रीतशत बोनस र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यो वर्ष एनएलजी इन्स्योरेन्सले भने हाल कायम चुक्ता पुँजीको २.६३१५७९प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २.५ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.३१५७९ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यस्तै, सगरमाथा लुम्बिनीले भने १५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ । गत बैशाख २८ गते सम्पन्न साधारण सभाबाट पारित समेत भइसकेको छ ।

जीवन बीमा तर्फ कसले कति दिने भए बोनस र नगद ?

जीवन बीमा तर्फ पनि नेशनल लाइफ, सानिमा रिलायन्सल लाइफ, सूर्यज्योति लाइफ, नेपाल लाइफ, आइएमई, हिमालयन, रिलायवल नेपाल, प्रभू महालक्ष्मी र सिटिजन लाइफले लाभांश घोषणा गरेका छन् ।

यो वर्षका लागि सानिमा रिलायन्सले १.२४ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरि कुल ९.२४ प्रतिशत लाभांश दिने भएको छ ।
यस्तै, सूर्यज्योति लाइफले पनि आफ्ना सेयरधनीलाई यो वर्ष २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यता, नेपाल लाइफले भने १० प्रतिशत र ११.१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यस्तै, गत आवको मुनाफाबाट आइएमई लाइफले पनि आफ्ना सेयरधनीहरुलाई २१.१ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । यता, हिमालयन लाइफले १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

त्यसैगरि गरि गत आवको मुनाफाबाट सिटिजन लाइफले पनि २८.४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई २६.९८ प्रतिशत बोनस र १.४२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यस्तै, यो वर्षका लागि नेशनल लाइफले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने भएको हो । यता, रिलायवल नेपाल लाइफले पनि १२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३१५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

त्यसैगरि प्रभू महालक्ष्मी लाइफले पनि यो वर्षका आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्