के बीमा प्राधिकरण अध्यक्षले पेश गरेको कागजात ‘फर्जि’ हो ? « Arthapath.com
१३ जेष्ठ २०८२, मंगलबार

के बीमा प्राधिकरण अध्यक्षले पेश गरेको कागजात ‘फर्जि’ हो ?



काठमाडौँ । सर्वोच्च अदातलमा विचाराधिन मुद्दालाई नै प्रभावित पार्ने गरी मंगलबार एकाएक ‘मिडिया ट्रायल’ भयो ।

केही सञ्चार माध्यमले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नियुक्तिका बखत पेश गरेका कागजातबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको खबरहरु लेखे ।

तर ती खबरमा ओझाले प्रस्तुत गरेका कागजातहरु ‘शंकाष्पद’ रहेको भनियो । कतिपयले त सीधै ‘नक्कली’ वा ‘फर्जि’ नै भनिदिए ।

तर सम्बन्धित संस्थाका जिम्मेवार पदाधिकारीहरुसँग अर्थपथले गरेको कुराकानीले यस प्रकारको ‘मिडिया ट्रायल’ नै ‘भ्रामक’ भएको देखाएको छ ।

लामो समयदेखि नियामक निकायहरुमा ‘आफ्ना कारिन्दा’ भर्ति गरेर व्यावसायिक स्वार्थ साँध्न माहिर समूहले यस प्रकारको भ्रामक खबर फैलाउन खोजेको अर्थ मन्त्रालयका एक अधिकारीले दाबी गरेका छन् ।

‘रेगुलेटरी क्याप्चर (नियामक कब्जा) गरेर आफू अनुकुल निर्णय गराउने, आफैँले लाइसेन्स लिने, आफैँलाई नियामकीय छुट लिने र आफ्ना गलत क्रियाकलापलाई ढाकछोप गर्ने प्रबृत्ती नै बसेको थियो’, मन्त्रालयका ती अधिकारीले भने, ‘अहिले एमाले नेतृत्वको सरकारले योग्य र युवा पुस्ताका पदाधिकारीलाई नियुक्त गरेपछि स्वार्थ समूहको मुटुमा ढ्याङ्ग्रो बजेको छ ।’

ठूला राजनीतिक परिवर्तनको समय बाहेक नेपालमा युवा पुस्ताले नेतृत्वदायी भूमिका पाउनु दुर्लभ बनिसकेको थियो । यस्तो बेला वित्तीय क्षेत्रका तीनवटै नियामक (नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरण)मा अहिले तुलनात्मक रुपले युवा व्यक्तिहरु नियुक्त भएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार पछिल्लो एक दशकयता केही ठूला व्यापारिक घरानाहरुले राजनीतिक दलसँग निकट देखिएका निजामति कर्मचारीलाई ‘पे–रोल’मै राख्दै आएका थिए ।

तिनै कर्मचारी वा आफ्नो कोटरीमा उमेदवारलाई यस्ता सार्वजनिक नियुक्तिहरुमा स्थापित गरेर राज्य शक्तिको अनुचित लाभ उठाउने बानि परेका स्वार्थ समूहहरु अहिले अप्ठेरोमा परेका छन् ।

स्वतन्त्र व्यक्तिहरु नियामक निकायमा स्थापित हुँदा उनीहरुले विगतमा गरेको गलत कामको ‘फाइल’ खुल्नसक्ने त्रासले पनि उनीहरुमा छटपटि बढेको अर्थ मन्त्रालयका ती अधिकारी बताउँछन् । यही कारण अदालतमा विचारिधिन मुद्दालाई नै प्रभावित पार्ने गरी ‘मिडिया ट्रायल’मा उत्रिएको हुनसक्ने उनले बताए ।

अदालतलाई प्रभावित पार्ने गरी भ्रामक सूचना

केही सञ्चार माध्यमले ओझाको अनुभवका प्रमाणहरु ‘फर्जी’ वा ‘शंकास्पद’ भनेका छन् । तर हामीले उक्त अनुभवको प्रमाणपत्र जारी गर्ने निकायका पदाधिकारीलाई ‘एक–एक’ गरेर यसबारे सोधेका छौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरण अध्यक्षको नियुक्तिबारे अध्ययन थालेको बताएको छ । यसका लागि उसले रोजगारदाताहरुसँग प्रमाणिकरण (भेरिफिकेशन)का निम्ति केही संस्थामा पत्राचार गरेको बताएको छ ।

केही संस्थाबाट पत्रको जवाफ पनि इमेलमार्फत् प्राप्त भइसकेको अख्तियारको भनाइ छ । ‘तर उनले नियुक्तिका बखत पेश गरेको कुनै पनि प्रमाण ‘फर्जि’ भएको भन्ने हालसम्म जानकारी प्राप्त भएको छैन’, अख्तियार स्रोतले भन्यो ।

‘सानै उमेरमा धेरैवटा संस्थामा काम गरेको देखिएकाले हामीले यसबारेमा के हो त भन्ने सोचेका हौँ । सबै विवरण आइसकेपछि मात्रै यसबारे बोल्न सकिन्छ’, अख्तियारका ती अधिकारीले भने ।

उनले सार्वजनिक निकायमा हुने नियुक्तिको पारदर्शिता र जवाफदेहिता खोज्नु अख्तियारको काम नै भएकाले यस घटनालाई धेरै तरंगित पारिरहनु आवस्यक नभएको ती अधिकारी बताउँछन् । ‘अदालतमा मुद्दा चले पनि अख्तियारले आफ्नै तरिकाले छानबिन गर्न सक्छ । तर यी दुबै निकायको निर्णयलाई नै प्रभावित बनाउने गरी होहल्ला गर्नु जायज हुँदैन’, उनले थपे ।

किन अतालियो स्वार्थ समूह ?

कार्यकालको सुनौलो सय दिन पनि पुरा नगर्दै प्राधिकरणले झण्डै एक दर्जन नीतिगत तथा प्रशासनिक सुधारका काम गरिसकेका छन् ।

यस्ता सुधारमध्ये कतिपय व्यवस्थाले बीमा अपचलन गर्दै आएका केही स्वार्थ समूहको गैरकानूनी आर्जनमा ठूलो धक्का लागेको प्राधिकरणका एक अधिकारी बताउँछन् ।

नियामक निकायको प्रमुखलाई प्रभावित पारेर स्वार्थ साँध्दै आएका त्यस्ता समूह अहिले आत्तिएको र उनीहरुकै पहलमा यस्ता ‘स्टन्ट’ भइरहेको आरोप ती कर्मचारीको छ । उनले प्राधिकरणका केही उपलब्धीहरु पनि गिनाएका छन् ।

ओझा नियुक्त भएपछि के भयो ?

१. बीमकको प्रभावकारी निग्रानी बढाउन एकिकृत निर्देशक तयार गर्ने काम सुरु भएको छ ।

२. बीमा तथ्यांकलाई पारदर्शी बनाउने गरी बीमा प्रतिबिम्ब प्रकाशन सुरु भएको छ ।

३. प्रत्येक शुक्रबार नेतृत्व विकास तालिम सुरु भएको छ, यसले कर्मचारी बीच प्रभावकारी समन्वय बढाएको छ ।

४. बीमा सम्बन्धी विवादलाई पारदर्शी रुपमा समाधान गर्न इजलासको अभ्यास सुरु हुने क्रममा छ ।

५. बिमकको लगानी सम्बन्धी काम गर्ने छुट्टै डेडिकेटेड शाखा स्थापना भयो । त्यसले बीममकले गर्ने लगानीलाई सुक्ष्म रुपमा अध्ययन गर्ने तथा बीमकबाट हुने लगानीलाई पारदर्शी बनाउन सहयोग गरेको छ ।

६. बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीमा हुने गलत अभ्यासलाई निरुत्साहित गर्न विशेस सुपरिभिजन सुरु गरेको छ । हाल भइरहेको सुपरिभजनले नगद फिर्ता गर्ने गलत अभ्यासलाई निरुत्साहित गर्नेछ ।

७. बीमा सम्बन्धी विवाद समाधानको लागी प्राधिकरणमा मेलमिलाप सम्बन्धी काम गर्ने छुट्टै शाखा स्थापना भएको छ, त्यसले बीमा प्राधिकरणमा भएका विवाद समाधानमा सहयोग गरिरहेको छ ।

८. वार्षिक बीमा नीति तथा कार्यक्रम प्रकाशित हुने क्रममा छ ।

९. प्राधिकरणको नियमन र सुपरिभिजन क्षमता बलियो बनाउँदै बीमकमा भएका गलत अभ्यासलाई निरुत्साहित गर्ने गरी संगठन संरचनामा सुधार गर्ने प्रतिवेदन तयार भई कार्यान्वयनका लागी अर्थ मन्त्रालय पठाउने चरणमा छ ।

१०. प्राधिकरणबाट नियमित रुपमा प्रवाह हुने सेवाहरु विगत भन्दा छिटो प्रभाव भइरहेको छ ।

११. विदेशी मुद्रा अपचलनको जोखिम कम गर्न पुर्नबीमाको निस्सा अनिवार्य बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

के भन्छन् रोजगारदाता ?

गएको फागुन १२ गते ४ वर्षका लागि प्राधिकरणको अध्यक्ष नियुक्त हुनुपूर्व ओझा पत्रकारिता, व्यवस्थापन, अध्यापन र वकालतजस्ता विभिन्न क्षेत्रमा सक्रीय थिए । यसै अनुसार उनले उक्त पदका लागि ‘योग्यता पुष्टि हुने खालका’ केही कार्य अनुभवको प्रमाणहरु पेश गरेका छन् ।

त्यसमा प्रशासनिक मिडिया प्राली, चाणक्य मिडिया प्रालि, ट्रिनिटी एक्जिम प्रालि, एपेक्स कलेज, सायम कलेज, इम्पेरियल कलेज, राजधानी कलेज, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (नाथम) जस्ता संस्थामा विभिन्न भूमिकामा रहेर काम गरेको प्रमाण पेश गरेका छन् ।

त्यस्तै, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघजस्ता निजी क्षेत्रका विभिन्न संघसंस्था परामर्शदाताको भूमिकामा रहेको काम गरेको, एवम् लगानी बोर्ड नेपालमा पनि काम परामर्शदाताको रुपमा काम गरेको प्रमाण पेश गरेका छन् ।

उनले नियमित र केही लामो समय काम गरेका प्रमुख संस्थाका जिम्मेवार पदाधिकारीले पनि आफूहरुको संस्थामा काम गरेको पुष्टि गरेका छन् ।

ट्रिनिटी एक्जिम प्रालिमा कार्यकारी अध्यक्ष रचित अग्रवालले आफ्नो कम्पनीमा ओझाले करीब दुई वर्ष ‘सिनियर म्यानेजर’को भूमिकामा काम गरेको बताए । प्रशासनिक मिडिया प्रालीका अध्यक्ष लोकहरि पौडेलले त्यसबेला ‘प्रशासनिक म्यागेजिन’को बजार व्यवस्थापन (मार्केटिङ)देखि कार्यालय व्यवस्थापनसम्म सबै पाटो ओझाकै जिम्मामा छाडेको बताए ।

चाणक्य मिडिया प्रालिका अध्यक्ष एवम् क्लिकमाण्डू डटकमका कार्यकारी सम्पादक पुष्प दुलालले आफ्नो संस्थामा ओझा यसअघि बरिष्ठ प्रबन्धक तथा विशेष संवाददाताको भूमिकामा रहेर काम गरेको जानकारी दिएका छन् ।

राजधानी मोडेल कलेजका संस्थापक तथा प्रिन्सिपल केपी पन्त, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (नाथम)का बीटीटीएम प्रोग्राम कोअर्डिनेटर शुभम पौडेल, इम्पेरियल कलेजका प्रमुख कार्यकारी अधिकृत जीवन गोले, सायम कलेजका ब्याचलर प्रोग्राम कोअर्डिनेटर (प्रोग्राम एसोसियट) खगेन्द्र जोशी र एपेक्स कलेजका बीबीए प्रोग्राम हेड योगेन्द्र अधिकारीले पनि ओझालाई उपलब्ध गराएको कागजातको वैधानिकता पुष्टि गरेका छन् ।

कर तिरेको विवरण

ओझाले सरकारलाई केवल अनुभवको प्रमाणपत्र मात्रै बुझाएका छैनन् । उनले विभिन्न संस्थामा काम गर्दा तिरेको आयकरको विवरण पनि बुझाएका छन् ।

उक्त विवरण हेर्दा पनि उनले नेपाल पर्यटन बोर्डदेखि नेपाल उद्योग परिसंघसम्म काम गरेर आयकर भरेको राजस्व विवरणमा देखिन्छ ।

यस्तो छ उनले तिरेको करको आंशिक विवरणः


प्रतिक्रिया दिनुहोस्