छुट्ला है प्रभु महालक्ष्मीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्नेछ ।
कम्पनीले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।
उक्त लाभांश आजसम्म नेप्सेमा कायम सेयरधनीले मात्र प्राप्त गर्न सक्नेछन् । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १६ गते बुक क्लोज गर्दैछ । भोली सार्वजनिक बिदा भएकाले बुधबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले जेठ २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।