थपियो सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने म्याद, अब कहिलेसम्म दिने ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ ।
कम्पनीले गत बैशाख ३० गतेदेखि निष्काशन गरेको २७ प्रतिशत हकप्रद सेयरमाअसार ३ गतेसम्म आवेदन दिन सकिने भएको हो ।
कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले बैशाख ५ गते बुक क्लोज गरेको थियो । यस अनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।