सकियो हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा, पारित गर्यो ४.७४ प्रतिशत लाभांश

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
काठमाडौँ, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सभाले साढे चार प्रतिशत बोनस सेयर पारित गरको छ ।
यो वर्ष कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १० अर्व ४० करोडको ४.५० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले प्रवन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।