आउँदो बिहीबार एनएलजी इन्स्योरेन्सको साधारण सभा, लाभांश पारित गर्ने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

आउँदो बिहीबार एनएलजी इन्स्योरेन्सको साधारण सभा, लाभांश पारित गर्ने



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १९औँ वार्षिक साधारणसभा आउँदो बिहीबार बस्ने भएको छ ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्ने एजेन्डासहित आगामी जेठ २९ गते सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिनका लागि बुकक्लोज गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्