एलआइसी नेपालले डाक्यो साधारण सभा, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? « Arthapath.com
५ असार २०८२, बिहीबार

एलआइसी नेपालले डाक्यो साधारण सभा, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले आगामी असार २३ गते २३ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेलमा हुनेछ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। सभाले सो लाभांशलाई वितरणयोग्य बनाउनेछ ।

बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित हुनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १६ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्