नेसनल लाइफको साधारण सभा आज, लाभांश पारित गर्ने मुख्य एजेन्डा « Arthapath.com
५ असार २०८२, बिहीबार

नेसनल लाइफको साधारण सभा आज, लाभांश पारित गर्ने मुख्य एजेन्डा



काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले सोही लाभांशलाई वितरणयोग्य बनाउनेछ ।

यस्तै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गरेको छ ।


प्रतिक्रिया दिनुहोस्