राष्ट्रिय जीवन बीमा कम्पनीले कायम गर्यो नयाँ बोनस दर

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर कायम गरको छ ।
कम्पनीले आर्थिक वर्ष २०८२–८३ का लागि सबै किसिमको बीमालेखहरुमा प्रति वर्ष प्रति हजारमा बीमाङ्कमा ५५ रुपैयाँ बोनस दर कायम गरेको हो ।
कम्पनीको आव २०६७–६८ देखि आव २०६९–७० सम्मको इनफोर्स पोलिसिज कायम गरेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणको गत माघ १७ गतेको पत्रबाट स्वीकृत गरेको थियो ।
सोही अनुसार कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने गरि नयाँ बोनस दर कायम गरेको कम्पनीले जनाएको छ ।