नेशनल लाइफको संचालकमा ५ जना निर्वाचित « Arthapath.com
१५ असार २०८२, आईतबार

नेशनल लाइफको संचालकमा ५ जना निर्वाचित



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा ५ जना निर्वाचित भएका छन् ।

गत असार ८ गते सम्पन्न कम्पनीको ३७औं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट ३ जना र सर्वसाधारणको तर्फबाट २ जना निर्वाचित भएका हुन् ।

संस्थापक तर्फबाट प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर पाँडे, कुशल मल्ली र सर्वसाधारणको तर्फबाट कुलदिप शरण सिंह र भवानी राणा रहेका छन् ।

संचालक समितिको अध्यक्षमा भने पुनः प्रेमा राज्य लक्ष्मी सिंह दोहोरिएकी छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष समक्ष नवनियुक्त अध्यक्षको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण पनि गरीसकेकी छन् ।


प्रतिक्रिया दिनुहोस्