बीमा प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रममा केके छन् ? (पूर्णपाठ) « Arthapath.com
२४ असार २०८२, मंगलबार

बीमा प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रममा केके छन् ? (पूर्णपाठ)



काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२–८३ को लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्राधिकरणले वार्षिक नीतित तथा योजनामा बीमा सेवा विश्वसनीय, पारदर्शी, सर्वसुलभ र गुणस्तरीय बनाउने लक्ष्य लिइएको छ ।

हित संरक्षण, बीमा सचेतना अभिवृद्धि, कानूनी तथा उजुरी निरूपण प्रक्रियालाई प्रभावकारी बनाउने लगायतका पहललाई प्राथमिकता दिएको छ ।

साथै, अन्तर्राष्ट्रिय अभ्यासअनुसार नियामकीय क्षमता विकास, नीति निर्माणमा अनुसन्धानको प्रयोग, प्रविधिमैत्री सेवा र जोखिममा आधारित निरीक्षण प्रणालीलाई पनि प्राथमिकता दिइएको छ ।

यता, बीमा सूचना केन्द्र स्थापना गर्ने, बीमा क्षेत्रमा हुने ठगी नियन्त्रण गर्ने र देशभरका विद्यार्थीलाई एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा उपलब्ध गराउने कार्यक्रम पनि समावेश गरिएको छ । यो बीमा स्थानीय तह र आन्तरिक स्रोतको सहकार्यमा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

पूर्णपाठ

20250708100811


प्रतिक्रिया दिनुहोस्