काठमाडौंमै टाउको जुधाएर बस्नुभन्दा नयाँ ठाउँ खोज्छौं « Arthapath.com
१६ भाद्र २०७६, सोमबार

काठमाडौंमै टाउको जुधाएर बस्नुभन्दा नयाँ ठाउँ खोज्छौं



कुशुम लामा, उपाध्यक्ष प्रभु ग्रुप, अध्यक्ष, प्रभु इन्स्योरेन्स लि.

एउटै ग्रुपबाट ड्राइभर सिटमा २ जना बस्नु पर्ने आवश्यकता भएन ।
इन्स्योरेसमा त मै हो नि सर्वेसर्वा छु, अध्यक्ष मै हुँ ।
नेपालमा २६ हजार सहकारी छ तिनलाई कसैले अनलाइनमा ल्याउन सकेको छ ?
इन्स्योरेन्सको पोलिसी नम्समा बसेर व्यापार गर्नेहरु एकदमै कम छन ।

आजभोली के मा व्यस्त हुनुहुन्छ ?
मेरो व्यस्तता भनेकै आइटी डेभलपमेन्टमा हो । के प्रोडक्ट थप्ने के कसरी सहज तरिकाले हाम्रा क्लाइन्टसम्म पुग्ने भन्ने फोकस हो । सधै यसैमा व्यस्त छु । अहिले हामीले फोकस गरिराखेको चाँही वालेट हो । डिजिटल फाइानन्सीङमा वाटोटको महत्वपुर्ण रोल छ तर यो शहरी इलाकामा मात्र छ । गाउँघरमा हुने मान्छेसँग सबैसँग स्मार्टफोन छैन । फिचर फोन चलाउनेहरुसम्म वालेटलाई कसरी पु¥याउन सकिन्छ भनेर म लागिराखेको छु । ग्रामिण एरियाका माछेहरु जसले फिचर फोन प्रयोग गर्छन उनिहरुको लागी पेमेन्ट गेटवे लन्च गर्ने तयारीमा छौं ।


फिचर्स फोनबाट स्मार्ट फोनबाट जस्तै सबै सुविधा दिन सकिन्छ ?
सकिदैन । किनकी फिचर्स फोनमा लिमिटेड वर्डहरुमात्रै टाइप गर्न मिल्छ । मोवाइल रिचार्ज गर्न मिल्छ टेलिफोनको पैसा तिर्न मिल्छ इन्टरनेट विजिुलिको पैसा तिर्न मिल्छ । नर्मल फोनबाट पनि पेमेन्ट गेटवे चलाउन मिल्ने सुविधा छिट्टै नै लन्चिङ गर्दै छौं । फिचर्स फोनले धान्न सक्ने सुविधाहरु यही भदौ महिनाभित्रै लन्ज गर्ने तयारीमा छौं ।


अहिले तपाँईको फोकस के हो ?
प्रभु ग्रुपकै मुख्य फोकस भनेको डिजिटाइजेसनमा जाने हो । मोवाइल वालेट कार्ड इन्टरनेट बैंकिङको सुविधाहरु सबै नेपालीको पहुँचमा पु¥याउने भनेर लागेका छौं । अहिले हस्पिटलमा क्यू म्यानेजमेन्ट गर्न साह्रै गाह्रो भयो भनेर सिभिल अस्पतालबाट हामीले सेवा सुरु गरिसकेका छौं । अहिले ओपिडीको डाक्टरसँग टाइम लिनुप¥यो भने अस्पताल पुग्नु लाइन बस्नुपर्ने झण्झट छैन । हामी सबै चिजलाई डिजिटाइज गर्न र डिजिटल सर्भिसमा फोकस छौं ।


प्रभु पे को बजार सुस्तायो होइन ?
तडक भडक देखाउँदैमा नसुस्ताएको देखिने हो र ? तर हामी अरु भएको ठाउँमा भन्दा नभएकोमा जान रुचाउँछौं । सुदुरपष्चिममा जानुभयो भने प्रभुको बजार राम्रो छ । दुर्गम गाउँहरुमा प्रभु पुगेको छ । हाम्रो धेय जहिले पनि के हुन्छ भन्दा जहाँ अरु पुगेको छैनन् त्यहाँ हामी पुग्नुप¥यो । हामी अरुको कपी गर्ने होइन अरुले हाम्रो कपि गरुन भन्ने चाहन्छौं । हामी यो भिडमा फलानाले साँढे २, फलानाले २ दसमलव ७५ प्रतिसत क्यासव्याक दिएको छ भनेर प्रतिस्प्रर्धा गर्दैनौं । हामी यही काठमाडौंमै टाउको जुधाएर बस्नुभन्दा नयाँ ठाउँ खोज्छौं । त्याहा सेवा पु¥याउने हो । हाम्रो सेवा लिने भनेको प्रभुलाई माय गरेर आउने कष्टमर हुन ।


भनेपछि ब्राण्डिङ जरुरी छैन त ?
मार्केटिङ स्टाटेजीमा झल्यक झुलुक हेरेर बस्ने कति छन भन्ने पनि हेर्नुपर्छ । तडक भडक विज्ञापनभन्दा पनि कष्टमरले सेवाबाट सन्तुष्टि लिएर अरुलाई भनेपनि त्यो नै राम्रो ब्राण्डिङ हो जस्तो लाग्छ ।


पाँईले ल्याउनुभएको प्रभु सफ्टवेयरचाँही फेल भयो होइन ?
क्यूएक्स मेसिन भन्न खोज्नुभएको हो भने एकदमै राम्रो बजार छ । नेपालमा यसको डिलर भनकै प्रभु म्यानेजमेन्ट हो । अहिले हामीसँग क्यूएक्स मेसिन ४ सय हाराहारीमा छ अव ५ सय थप गर्दैछौं । सिभिल अस्पतालमा टिकट काट्ने मेसिन नै त्यै हो ।


प्रभु ग्रुपको अन्य नयाँ प्रोजेक्टचाँही के हो ?
प्रभुले कहिल्यैपनि यो गछौं भनेर सुरु गदैनौँ र बजारमा के डिमाण्ड हुन्छ त्यसैलाई प्रयोगमा ल्याउँछौं । अहिले हामीसँग भएको क्यूएक्स मेसिनमा एउटा एउटा मात्रै नोट मात्रै लोड गर्न मिल्छ तर त्यै मेसिनबाट पैसा पनि निकाल्न डिपोजिट पनि गर्न मिल्ने त्यस्तो सेवामा फोकस गर्दैछौं । बजारले डिमाण्ड जे गर्छ त्यसैलाई स्टडी गरेर ल्याउने गर्छौं । प्रभुसँग अहिले मेडिकल सफ्वेयर छ । जुन सफ्टवेयरले केही समय अघि आइसिटि अवार्ड जित्न सफल भयो ।


पेमेन्ट गेटवे भनेको टपअप रिचार्जको लागी मात्र प्रयोग भैरहेको छ किन यसको बजार बढ्न सकेन ?
अहिले धेरै कम्पनीले यस्ता पेमेनट गेटवे ल्याएका छन । अहिले टपअपमै कम्पीटिसन भैरहेको देखिन्छ । यहाँ यतीधेरै कुरामा डिजिटाइज हुन बाँकी छ । अहिले त खानेपानी विजुल रिचार्ज इन्टरनेट र टिभीको पैसा तिर्न मात्र काम गरिरहेको छ । अरु क्षेत्रमा किन पुगेन त ।


प्रभु पे मा अरुको भन्दा फरक छ ?
अरुकोमा के छ भन्दा एजेन्टबाट क्यास लोड गर्छ वा कि अनलाइ बैंकिङ च्यानलबाट पैसा लोड हुन्छ । नेपालमा २६ हजार सहकारी छ तिनलाई कसैले अनलाइनमा ल्याउन सकेको छ कसैले ? त्यसमध्ये अधिकांस सहकारीमा डिपोजिट र निकाल्न चाहनुहुन्छ भने प्रभु पे बाट मात्र संभव छ अरुबाट संभव छैन । हामी आफैले प्रभु टिभी किन निकाल्यौं त । डिसु होम हाम्रै थियो अरु त्यत्रा टेलिभिजन सेवा प्रदायकहरु छन । प्रभु टिभी किन चाहियो त भन्दा धेरै मानिसहरु शहरमा बस्छन । शहरमा सबैजनाको घर छैन । डेरामा बस्नेलाई घरबेटीले तार तान्न पनि दिँदैन ठुलो एन्टेना राख्न पनि दिँदैन । ठुलो एन्टेना र लामो तारको झण्झटबाट छुटकार कसले सदियो त भन्दा प्रभु टिभीले । अर्को ओटिटि टिभी सर्भिस हामीले मात्र ल्याएका छौं । प्रभुको सर्भिसमा कसैसँग पनि प्रतिस्प्रर्धा छैन । उस्तै काम गर्ने हो भने नयाँ कम्पनी आएर पनि फाइदा छैन । हामीले डिजिटाइज गरेर फाइदा लिनसक्ने धेरै छ ।


अव छिट्टै कुनै नयाँ आउँदै छ ?
अहिले भनिहाल्यो भने हाम्रो कपि गर्ने धेरै छन । आउने प्रडक्टबारे अहिले नभनौं पछि ल्याएपछि मिडियालाई जानकारी गराउँला ।


तपाँई लामो समय विदेशमा बसेर प्रभु ग्रुपसँग कसरी जोडिनुभयो ?
प्रभु ग्रुपसँग म विदेशमै बसेर जोडिएको हुँ । विदेशमै बसेर सघाएँ । २०१३/१४ मा मात्रै म नेपाल आएर काम गर्न थालेको हुँ । म २००४ देखी नै प्रभु ग्रुपसँग आवद्ध छु । २००२ मा प्रभु मनि ट्रान्फर सुरु भयो । त्यो बेला प्रभु ग्रुप जन्मियो म २ वर्ष पछिबाट आवद्ध छु ।


प्रभु ग्रुपमा तपाँईको जिम्मेवारी के के हो ?
मेरो त्यस्तो केही जिम्मेवारी केही छैन । हामी सल्लाहले यसो गरौं भन्छौं त्यही अनुसार काम गरिराखेका छौं । यै गर्नुपर्छ भन्ने ग्रुपमा केही छैन । मेरो कुनै कामको यतीमात्रै गर्ने भन्ने छैन । आवश्यक प¥यो भने ग्रुपले मलाई जहाँ पठाउँछ त्यै जान्छु । पहिले बैंकमा म आवश्यक थियो संचालक समितिमा थिएँ । अहिले ग्रुपले मलाई इन्स्योरेन्स हेर्न पठायो त्यहाँ छु । प्रभु ग्रुपको ग्रोथ हुनुप¥यो कुषुम लामोको ग्रोथ होइन । मेरो आवश्यकता कहाँ पर्छ त्यै म काम गर्छु ।


प्रभु ग्रुपभन्दा पहिले कुनै विजनेशमा हुनुहुन्थ्यो ?

म ट्राभल्स एजेन्सी विजनेशमा थिएँ । १९९८ देखी कोरियाको ट्राभल्स एजेन्सीमा काम गर्थे । त्यो सेक्टरबाट चेन्ज हुादै आएको छु । मैले नयाँ नयाँ काममा लागेँ एउटैमा बसिरहिन ।


तपाँई एउटै व्यक्ति धेरै संस्थामा हुँदा कन्फ्लिटअफ इन्टेष्ट हुँदैन ?
बाँझिने कुरा केही छैन । बैंकसँग इन्स्योरेन्स बाझिन्न । इन्स्योरेन्ससँग रेमिट्यान्स बाँझिन्न । वालेटसँग प्रभु मनि ट्रान्फर बाझिन्न ।


पहिले बैंक इन्स्योरेनस सबैमा हुनुहुनथ्यो, अहिले इन्स्योरेन्समा मात्रै हुनुहुन्छ नि ?
महिले हामीले किष्ट बैंकलाई अक्वायर गर्ने बेलामा मेरो आवश्यकता प¥यो । मर्जपछि अध्यक्ष आफैले बैंक ड्राइभ गर्नुपर्ने आवश्यक प¥यो । म बैंकमा रहनुपरेन । एउटै ग्रुपबाट ड्राइभर सिटमा २ जना बस्नु पर्ने आवश्यकता भएन । मेरो आवश्यकता इन्स्योरेन्समा प¥यो, मलाई इन्स्योरेन्समा पठाइयो । मैले प्रमोसन वा डिमोसन भएर अर्को संस्था ह्याण्डिल गर्न गएको होइन, सल्लाहले गएको हुँ ।


प्रभु ग्रुपको ड्राइभर कतिजना छन ?
प्रभु बैंकमा अध्यक्षज्यू पोलिसि लेवलमा हुनुहुन्छ । बैंकको कार्यकारी भुमिकामा सिईओ हुनुहुन्छ । ग्रुपको कार्यकारी रोलमा काम गर्नेहरुलाई पनि त्यतिनै महत्व दिनुपर्छ । जतिपनि संस्था छन तिनीहरुका कार्यकारी सबै ड्राइभर हुन ।


प्रभु इन्स्योरेन्सको विजनेश त खासै बढेको देखिन्न, पुँजी १ अर्व नाघेपछि पनि यती विजनेशले पुग्ला त ?
हामी अस्वस्थ्य प्रतिस्प्रर्धामा छैनौं । अरुको विजनेश र खर्चको रेस्यो हेर्नुहोस न । प्रभु इन्स्योरेन्सले अण्डर टेवलबाट गर्नुपर्ने कामै गदैनौं । अहिले बजारमा इन्स्योरेन्सको पोलिसी नम्समा बसेर व्यापार गर्नेहरु एकदमै कम छन । थर्ट कटिङ कम्पिटिसनमा हामी छैनौ । अरुले भन्दा हामीले ल्याएको गाडी इन्स्योरेन्समै राम्रो सुविधा दिएका छौं । प्रभुमा गाडी बिमा गर्नुभएको छ बाटोमा गाडी विग्रीयो हामीलाई सम्पर्क गर्नुस भन्छौं । हामी सेवा दिन्छौं त्यसैले हाम्रा सर्सिस होल्डर्सहरु सन्तुष्ट छन त्यहीबाट हाम्रो ब्यापार बढाउने हो । ५/१० प्रतिसत कमिसन दिन मिल्छ तर बढी अण्डर टेवलबाट कमिसन दिएर काम गराउँदैनौं ।


तपाईलाई प्रभु ग्रुपको अध्यक्ष पछिको शक्तिशाली भनिन्छ हो ?

कसले कसलाई कुन पाटोबाट हेर्नुहुनछ ? इन्स्योरेसमा त मै हो नि सर्वेसर्वा छु, अध्यक्ष मै हुँ आजको दिनसम्म । ग्रुपको फरक फरक लाईनमा शक्तिशालि हुनुहुन्छ । हेलिकप्टरमा म शक्तिशाली भइँ त ? भइन नि । आ–आफ्नो रोल डिभाइड छ । अध्यक्षले गर्ने निर्णय हामी सबैले मान्छौं ।


प्रतिक्रिया दिनुहोस्