माछापुच्छ्रे बैंकको डेपुटी सिईओ कोइराला भन्छन्, ‘एनएफआरएस लागुगर्ने पहिलो बैंक हामी हौं’ « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

माछापुच्छ्रे बैंकको डेपुटी सिईओ कोइराला भन्छन्, ‘एनएफआरएस लागुगर्ने पहिलो बैंक हामी हौं’



नेपाली बैंकिङ बजारमा सानो तहदेखि उच्तहसम्म उस्तै छवि कायम राख्न सफल सन्तोष कोइराला अध्ययनशील बैंकरको रुपमा चिनिन्छन् । सरल, नम्र र पीआर क्षमताका हिसावले अब्बल देखिएका कोइरालाले २ दशक बैंकिङ क्षेत्रमा बिताइसकेका छन् । पहाडी जिल्ला भोजपुरबाट तराईको झापा झरेका खानदानी कोइराला परिवारका सदस्य सन्तोषले बैंकिङ करियरमा कहिल्यै पनि रोकिनु परेन । यद्यपि, उनका आफन्त र नातेदार बिभिन्न क्षेत्रमा सफल हुँदा पनि उनलेचाँहि आफ्नै बलबुतामा करिअर निर्माण गरे ।

सानिमा बैंकलाई सफल र बलियो बनाउने एउटा थिंक ट्यांक कोइरालालाई माछापुच्छ्रे बैंकले ठूलो मूल्य तिरेर भित्र्याएको थियो । यद्यपि, कोइरालाले माछापुच्छ्रेमा आफ्नो क्षमताको राम्रो प्रदर्शन गरिसकेका छन् । गत बुधबार साँढे १० बजे यस पंतिकार लाजिम्पाटस्थित एमबीएल टावर पुग्दा कोइरालाले ३ वटा मिटिङ सकाइसकेका थिए । एकै दिनमा आधा दर्जन मिटिङ र कार्यालयको नियमित काम अनि घरपरिवार र साथीभाईको अन्य जिम्मेवारीकासाथ समाजसेवाको काममा समेत संलग्न गराउन सफल कोइराला भविष्यमा नेपालका चम्किला बैंकर हुन् ।

साँढे२ घन्टा लामो कुराकानीमा अर्थतन्त्र र वित्तीय क्षेत्रको समस्यादेखि लोकतन्त्रको अवस्थासम्म व्याख्या गर्न भएका कोइरालाको अध्ययनमा धेरै रुची भए पनि समय व्यवस्थापन हुन नसक्दा चिन्ता लाग्दोरहेछ । भोजपुरको दुर्गम गाउँमा पहिलो श्रेणीमा एसएलसी पास गरेका कोइराला पढाईमा सँधैअब्बल रहे । आईएस्सी र वीकम पनि राम्रो नम्बर ल्याएपछि कोइराला दक्षिण भारतको चेन्नई (मद्रास)मा सीए पढ्न गए । पढ्न गएका उनी लामो बिरामी परेपछि झापामै फर्के र कलेजमा अध्यापन गराउन लागे । पछि त्रिविबाट एमबीए र नेदरल्याण्डको इरास्मस युनिभर्सिटीबाट एड्भान्स लिडरसिप एण्ड म्यानेजमेन्टमा डिप्लोमा गरे । बैंकरहरूका लागि सबैभन्दा आवश्यक पब्लिक रिलेसन स्किलमा कोइरालालाई अब्बलरुपमा चिनिन्छ । सरल मिजासका उनले एकपटक चिनेका व्यक्ति सधैंका लागि मित्र बनाउने खुबी राख्छन् । उनले साढे २ दशक बैंकिङमा बिताउँदा जम्मा ३ वटा बैंकमात्रै फेरेका छन् ।

सन २००० मा बैंक अफ काठमाडूबाट बैंकिङ सुरु गरेका उनले त्यहाँ साढे ४ वर्ष बिताए । त्यसपछि सानिमा विकास बैंकमा साढे ९ वर्ष बिताए । सानिमा बैंकलाई अब्बल विकास बैंक बनाउँदै बाणिज्य बैंकमा स्तरोन्नति गर्न कोइरालाले गरेको मेहनत सम्झिँदा उनलाई अहिले पनि गर्व लाग्छ । सानिमा बाणिज्य बैंकसमेत बनाएर सोटो समयमै माछापुच्छ्रे बैंक ज्वाइन गरे । सानिमाकै प्रवद्र्धकहरूले माछापुच्छ्रे बैंकमा लगानी गरेपछि कोइरालाई ठूलो जिम्मेवारीसाथ लगिएको थियो । माछापुच्छ्रे मा साढे ६ वर्ष काम गरिसकेका कोइराला २ वर्षअघि डेपुटी सीईओ बनेका हुन ।

सबैजसो बैंकहरू मर्जरमा जाँदै विजनेस बढाउँदै छन्, तर माछापुच्छ्रे बैंकचाहिँ सुस्त देखियो नि किन ?

हामीले मर्जरको कुरा अगाडि बढाइराखेको पनि हो । हाम्रो बोर्ड लेवलमा मर्जर कमिटी पनि छ । मर्जरका विषयमा केही कमर्शियल बैंकहरूसँग कुराकानी पनि भइरहेका छन् । अरू क्षेत्रीयस्तरका विकास बैंकहरूसँग कुरा भइरहेको छ । यसमा प्राइसिङका कुराहरू पनि छन्, स्टाफका कुराहरू पनि छन्, कुराकानीचाहिँ प्रसस्तरुपमा भएको हो, तर मेटरलाइजेसन चाहिँ हुन सकेन ।

स्टाण्डर्ड फाइनान्ससँग गरेको मर्जरपछि तनाव अझै बाँकी छ कि क्या हो ?

सबै तनाव सकिसक्यो, अब बाँकी केही छैनन् । अब हामी सम्भावित बैंक तथा वित्तीय संस्थाहरूको खोजीमा छौं ।

पहिले जनता बैंकसँग मर्जरको कुरा टुटेपछि माछापुच्छ्रे बैंकले मर्जरको कुनै पहल नै गरेन । प्रतिस्पर्धी धेरै भइसके अब एक्लै हिँड्न सकिन्छ त ?

त्यसैले हामीले नेटवर्क विस्तारमा लागेका छौं । अहिले १ सय ५९ वटा शाखाहरू विस्तार गरिसक्यौँ । पूर्वदेखि सुदूरपश्चिमसम्म हिमाल, पहाड र तराईसम्म माछापुच्छ्रे बैंकको नेटवर्क पुगिसक्यो । प्रतिफल ठूलो कुरा हो, क्यापिटल ठूलो भएर मात्र राम्रो हुने होइन । ठूलो बैंक भएर गभर्नेन्स र पूरा कम्प्लाई हुने भन्ने हो र ? त्यसको लागि अरू सबै इण्डीकेटरहरू आफ्नो अब्बलमा हुनुपर्छ । मर्जर भएर मात्र व्यवसाय विस्तार हुने होइन, क्रमिकरुपमा व्यवसाय गर्दै जाने हो ।

मुख्य कुरा हामीले बैंक ठूलो बनाउँदा क्यापिटल पनि ठूलै हुन्छ, झन्डै १६ अर्बको क्यापिटल हन्छ । त्यसमा प्रतिफल दिने बेलामा ८ अर्बमा दिए पनि १६ अर्बमा दिए पनि कमाउने एउटै हो ।लगानीकर्ताको साइटबाट हेर्दा रिटर्न एण्ड इक्विटी के हो भन्ने कुराले फरक पार्छ । उता रेगुलेटरको साइडबाट हेर्दाचाहिँ बैंकको साइज संख्याहरूलाई कम गराउन पर्छ भन्नेखालका कुरा आएका छन् । कति कम्प्लाइट छ कति गर्भनेन्समा कत्तिको बलियो भएर बसेको छ । कर्पोरेट गभर्नेन्सका कुरा, पोलिसीहरू प्रोसुडरहरू, राष्ट्र बैंकले जारी गरेका नियमहरू कत्तिको पालना गर्छन् भन्ने कुराहरू बैंक दर्रो हो कि होइन भन्ने अर्थ राख्छ जस्तो लाग्छ मलाई ।

नाफा कमाउने हिसाबले यति बढी भन्ने हिसाबले नभएर सुशासन कस्तो छ । बैंकहरूचाहिँ हरेक प्यारामिटरमा अब्बल छ, भन्ने हिसाबले बैंक राम्रो वा नराम्रो भन्ने छुटिनुपर्छ । माछापुच्छ्रे बैंकको सन्दर्भमा हेर्ने हो भने हामीचाँहि आफूलाई पूर्ण रुपमा कम्प्लाइट छ भन्छौं । राष्ट्र बैंकको रुपमा अब्बल छ । गोएमएलमा राष्ट्र बैंकको निर्देशन आउनेबित्तिकै हामीले अरूभन्दा छिट्टो काम गरिसकेको अवस्था थियो । एनएफआरएस लागू गर्ने पहिलो बैंक हो माछापुच्छ्रे बैंक ।

स्ट्रेन्थ त राम्रो छ भन्नु भयो, कति नम्बरमा पर्छ माछापुच्छ्रे बैंक ?

नाफालाई लिएर हेर्ने हो भने पुस मसान्तको समयलाई लिएर हेर्ने हो भने हामी १७/१८ मा पुगि सकेका छौं, नाफाको हिसाबले । किनभने कति बैंकहरू मर्जरमा गए हामी त एक्लै हिँडेका हौं । कम्प्लाइन्सको रुपमा हेर्ने हो भने हामी टपमा पुगिसकेका छौं । हामीले बैंकलाई जुन तरिकाले लगिराखेका छौं, त्यसले एकदम सन्तुष्ट छौं । कुनै प्यारामिटरलाई हरेर कति नम्बरमा राख्ने भन्ने कुरा हो । हामीचाहिँ बीच–बीचका बैंक हौं ।

बजार हेर्दा त एग्रेसिभ रुपमा अघि जानुपर्ने होइन, माछापुच्छ्रे बैंक एग्रेसिभ जाँदैन ?

एग्रेसिभरुपमा अघि बढेको छौं । छ महिनामा हेर्नुभयो भने लोनको ग्रोथमा हामी पाँच नम्बरमा छौं । डिपोजिटको ग्रोथ हेर्ने हो भने २ नम्बरमा छौं किनकी एसै वर्ष हामीले ८० वटा शाखा खोलेको हुनाले सबै अपरेटिङ कष्ट बढेर गयो । एचआर कष्ट पनि बढ्ने भैहाल्यो । त्यो कारणचाहिँ नाफा कम होकि भन्ने देखियो । अब शाखा विस्तार धेरै प्लान छैन । जति अहिले खोलेको शाखाहरूले दिने विजनेश र ग्रोथले दिने नाफाको हिसाबले माछापुच्छ«े बैंक धेरै माथि आउँछ भन्ने लाग्छ ।

ठूलो बैंक मर्ज गर्नुभन्दा साना संस्था गाभ्न फाइदा हुन्छ भन्छन्, कसरी फाइदा हुन्छ ?

ठूला बैंक हेर्ने हो भने क्यापिटल एडुकेसीको हिसाबले टाइट छन् । साना विकास बैंकहरू झन्डै १९/२० प्रतिशत एडुकेसी लिएर बसेका छन् । मर्ज गर्दा त्यहाँ आउने ग्यापले बढी विजनेश गर्न सकिन्छ । साना बैंकहरूमा साना–साना लोनहरू हुन्छ । सबै कोल्याटर बेस लोनहरू हुन्छ । केही गरी भोलि बिग्रने अवस्था आयो भने पोर्टफोलियो बिग्रन्छ, त्यसले ठूलो असर केही गर्दैन । मानव संशाधनको गुणस्तर एकदम कम हुन्छन् ।

खासमा साना विकास बैंकहरू हेर्दा सजिलो, ८०/९० स्वाप दिए हुने रैछन् । एचआर व्यवस्थापनमा खासै समस्या आउँदैन, सीईओको लेवललाई पनि डेपुटी म्यानेजर लेवलमा एड्जष्ट गर्न सकिन्छ । अरू स्टाफहरू पनि सानो सानो लेवलको र ब्रान्चहरू पनि धेरै नभएकोलाई लिन सजिलो हुन्छ । ठूलो कमर्सियल बैंक मर्ज गर्दा ठूलो इस्यू भनेको एचआर म्यानेमेन्टमा छ । एउटै लेवलमा भएका सीईओ डेपुटी सीईओलाई म्यानेज गर्न गाह्रो हुने । एउटै मान्छेले हुने ठाउँमा ३ जना राख्नुपर्ने त्यो कारणले एचआरको मूल्य पनि धेरै हुने हुन्छ । ब्रान्चहरू दोहोरिने एउटै ठाउँमा २/२ वटा ब्रान्च हुने । व्यावसायको हकमा भन्ने हो भने सबै बैंकको टाइट हुन्छन् । प्रतिफलको हिसाब गर्ने हो, ठूलो भएकापछि उस्तै–उस्तै देखिन्छ । सम्पत्ति क्वालिटी रैनछ जोडिने बैंकहरूमा ठूलो असर गर्छ । क्वालिटीको कुरामा हामीले कुन ग्राहकलाई कस्तो कति जोखिम लिएर लोन दिने भन्ने हुन्छ । हाम्रो प्यारामिटरमा हामीले विश्लेषण गरेको जोखिम वहन गरेर लोन दिन्छौँ त्योभन्दा अलि फ्लेक्जिवल भएर अर्को बंैकले गरेको रहेछ भने त्यो प्रोजेक्टलाई लिएर फेरि प्रोभिजन गर्नुपर्ने अवस्था आउँछ । मर्जरको पाटोमा धेरै कुरा हेर्नुपर्ने अवस्था छ ।

तपाईंले छोटो समयमै बैंकिङ क्षेत्रमा छलाङ मार्नुभयो । यसै बैंकमा पनि सीईओको अफर आएको थियो रे नि हो ?

मलाई सीईओको अफर आएको छैन । अहिलेसम्म सीईओको अफर कहीँ पाएको पनि छैन । स्वभाविकरुपमा डेपुटी सीईओको रुपमा काम गरेको २ वर्ष भइसक्यो त्यसकारण भोलिको दिनमा नकार्न त सकिँदैन, तर आजको दिनसम्म मलाई सीईओको अफर आएको छैन ।

सीईओ नकार्नुभएको भन्ने पनि चर्चा थियो नि ?

कुनै बेलामा मेच्यूरेटी लेवलमा अलि पुगेको छैन कि बजारले कसरी हेर्छ ? कुनै पनि ठाउँमा पुग्दा धेरै विचार गर्नुपर्छ । बजारले कसरी लिन्छ भनेर पनि हेर्नुपर्छ । भोलिका दिनमा डेपुटी सीईओमा काम गरेको नै २ वर्ष भैसक्यो । मेरो मेच्यूरेटी लेवल पुगेको छैन, होइन म सीईओ बन्दिनँ भनेकोचाहिँ छैन । भोलिको दिनमा डेपुटी सीईओ भएको कारणले गर्दा अब अवसर आयो भनेचाहिँ सोच्नुपर्ने हुन्छ ।

छोटो समयमै डेपुटी सीईओ हुनुमा तपाईंमा के छ त्यस्तो ?

लिडरसिप क्वालिटीको कुरा हो । म पनि विद्यार्थी कालदेखि नै पढाइमा अब्बल थिएँ । व्याचलरमा र युनिर्भसिटीमा पनि टप गरेको पढ्नमा रुचि भएको मान्छे हुँ । व्यावस्थापनमा काम गर्नमा एउटा लिडरमा हुनुपर्ने क्वालिटी भएर नै यो लेवलसम्म आइपुगेको जस्तो लाग्छ । आफ्नो मेहनत तथा लगनशिलताका कारण पनि होला ।

माछापुच्छ्रे बैंक पहिले एउटा समूहले चलाएर समस्या आएको र अहिले नयाँ समूह आएपछि सुध्रिएको हो ?

पुरानो बारेमा खासै थाहा भएन । म चाँही माछापुच्छ्रे बैंक र स्टाडर्ड फाइनान्स भएपछि म आएको हुँ । मर्ज भएको सात वर्ष भैसक्यो । त्यसपछि राम्रो नराम्रो भन्ने किसिमको छैन, जो आउनुभयो व्यावस्थापनलाई विश्वास गरेर आउनुभएको हो । मैले नै माछापुच्छ्रे बैंक आउँदा ३ करोडको नाफा थियो । अहिले १ सय ५६ करोड पुगिसक्यो । लामो समयदेखि लाभांश खान सकिरहेको थिएन २/३ वर्षदेखि हामीले बोनस सेयर र क्यास डिभिडेन्ट बाँडिरहेका छौं । लोनको कुरा गर्ने हो भने मैले सुरु गर्दा १६ अर्ब थियो २३ अर्ब डिपोजिट थियो, अहिले ९१ अर्बको लोनमा छौं र एक खर्ब प्लस डिपोजिट छ । बैंक एकदम राम्रो ट्र्याकमा छौं । रेगुलेटरले दिएको हरेक प्यारामिटर्स सबै पूरा गरेर आएको बैंक हो ।

बैंक जुनरुपमा अघि बढ्नुपर्ने हो नबढेको मान्नुहुन्छ ?

म मान्दिन, किनभने यो बैंक हो । यहाँ पहिलो काम भनेकै डिपोजिटरको इन्टेष्ट प्रोटेक्ट गर्ने हो । सिनियर म्यानेजमेन्ट टिमले जहिले पनि डिपोजिटरको इन्टेष्टलाई प्रोटेक्ट गर्नुपर्छ । बैंकिङ इन्डष्ट्र भनेको आजको भोलि दोब्बर–तेब्बर नाफा कमाउने व्यवसाय होइन । विस्तारै ग्रो गर्दै अगाडि बढ्ने हो । मेरो धारणा त फलाना बैंकले यति कमायो, उति कमायो भन्ने होइन । निक्षेपकर्ताको हितमा हेर्नुपर्छ । विगतमा कतिपयले आफ्नै पैसा राखेर फिर्ता नआउने अवस्था पनि देख्यौं । बैंकिङ इण्डष्ट्री भनेकै एग्रेसिभ ग्रोथ गर्ने होइन । अरू उद्योग चलाएजस्तो बैंक चलाउने होइन ।

माछापुच्छ्रे बैंकका प्रमोटरहरूलाई सानिमा बैंकमा भएको क्रसहोल्डिङ बेच्न राष्ट्र बैंकले निर्देशन दिएको थियो, के भयो ?

मलाई राष्ट्र बैंकले त्यस्तो निर्देशन दिएको जस्तो लाग्दैन । त्यो बेलामा पनि क्रसहोल्डिङ थिएन । आजको दिनमा यो बैंकमा क्रसहोल्डिङ छैन ।

प्रवद्र्धक समूहका हिसाबले माछापुच्छ्रे बैंक र सानिमा बैंक मर्जरको सम्भावना कतिको छ ?
यो प्रमोटरहरूलाई सोध्नुपर्छ, म्यानेजमेन्टले दिने उत्तर यसमा छैन ।

प्रमोटरलाई दिने प्रतिफल घटेको छ यस्तो कति समय रहला ?

अहिले राष्ट्र बैंकले जुनखाले निर्देशनहरू ल्याइराखेको छ । काउन्टर साइक्लिङ बफरका कुरा छ । स्प्रेडदरका कुरा छ । वेसरेट गणनाविधि छ, यै अवस्थामा यै कुरा रैरह्यो भने बैंकहरूको नाफा बढ्न सक्दैन । स्प्रेड खुम्चिएको छ । यी कुरा आउनुको पछाडि बैंकहरूले मर्जरमा इन्ट्रेस्ट राखुन भन्ने देखिन्छ । पछिल्लो समय करका कुरा आएका छन्, यसलाई स्पेव बाइ स्टेप गर्दैको भए हुन्थ्यो । अहिले लोनको डिमाण्ड नै कम छ ।

नेपालमा बाणिज्य बैंकहरू धेरै भएकोमा सबैको सहमति छ, घटाउने उपाय किन सफल भएको छैन ?

बाणिज्य बैंक धेरै भए १० वटामा झार्नुपर्छ भन्ने लाइमा म होइन । फ्रि मार्केटमा हिजोका दिनमा राष्ट्र बैंकले नै लाइसन्स दिएर आएका बैंकहरू हुन् । रेगुलेट कसरी गर्ने भन्ने हिसाबले राष्ट्र बैंकको जनशक्ति बढाएर बजारमा फ्रि जान दिनुचाहिँ ठिक हो जस्तो लाग्छ । मर्ज गराएर १०/१५ वटामा ल्याउँदा एकदमै राम्रो हुन्छ । विजनेश ग्रोथ हुन्छ नाफा बढ्छ भन्ने मलाई लाग्दैन । कम्पिटीसन त हुन्छ नै । यति धेरै बैंक थिएनन् भने अहिले ओलाङचुङगोलामा समेत बैंकको शाखा पुगेको छ । बैंक धेरै भएर देशको इकोनोमीलाई लस भएको छ र ? रेगुलेट गर्ने कुरामा कम संस्था हुँदा राम्रो रेगुलेट हुन्छ भन्ने हुन सक्ला ।

पछिल्लो समय बेंकहरूले सेयर कर्जामा जोड दिएका छन् । जसले गर्दा सेयर बजार बढिरहेको छ, यस्तो अवस्था कहिलेसम्म रहला ?

मार्जिन लेन्डिङ र रियल स्टेटमा लोन जाने भनेकोचाहिँ अरू रियल सेक्टरमा कम लोन भएका बेलामा जाने हो । हाम्रो बैंकको सेयर कर्जा एकदमै नोमिनल छ । रियल स्टेटमा पनि फोकस गरेर लागेका छैनौं । अरू क्षेत्रमा कर्जाको माग नभएपछि मार्जिन लेन्डिङमा आकर्षित हुने चलन हो ।

अधिकांश बैंकर सिईओहरूको सेयर बजारमा लगानी छ, तपाईकोचाहिँ कति छ ?

सुन्य लगानी छ । मेरो रियल स्टेट सेयरमा कुनै पनि लगानी छैन । हामीसँग खास पैसा पनि हुँदैन । सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्