बीमा कम्पनी सफल बनाउन व्यवस्थापनमा बोर्डको हस्तक्षेप हुनुहुँदैन « Arthapath.com
१२ श्रावण २०७७, सोमबार

बीमा कम्पनी सफल बनाउन व्यवस्थापनमा बोर्डको हस्तक्षेप हुनुहुँदैन



कुमार बहादुर खत्री, सिईओ, अजोड इन्स्योरेन्स लि.

गत असार २५ गतेदेखी २९ गतेसम्म आईपिओ विक्री गरेको अजोड इन्स्योरेन्सको सेयर बजारमा यसैसाता कारोवार हुँदै छ । प्रतिकित्ता अधिकतम ३ सयसम्ममा कारोवार हुने अजोडको सेयरमा लगानीकर्ताको आर्कषण देखिएको छ । बजारमा एग्रेसिभ कारोवार गर्दै आएको अजोड इन्स्योरेन्सको आगामी योजनाका बारेमा अर्थपथले गरेको कुराकानीको सारसंक्षेप :

पछिल्लो समय खुलेका इन्स्योरेन्समध्ये सबैभन्दा पहिला आईपिओमा यती धेरै लगानीकर्ताको आकर्षण देखिनुमा अजोडमा के छ त्यस्तो ?

आईपियोमा आर्कषण देखिनुमा ३, ४ वटा कुरा छन । एउटा हामी पछिल्लो समयमा अरु कम्पनीको तुलनामा बलीयो छ । अहिलेको यो समयमा हेर्ने हो भने हामी २० वटा कम्पनीमा १५ औ स्थानमा पुगीसकेका छौं । यसको नेटवर्क र व्यवसाय राम्रो भाएको छ । त्यसैगरी हाम्रो साखा सञ्जाल नेपाल भरी पुगेको छ । अहिले हाम्रो ४१ वटा साखा १ वटा हेड अफिस, ३ वटा काउन्टर र १ वटा गा्रहक सेवा केन्दबाट सेवा दिइरहेका छौं । हाम्रो कम्पनीको संस्थापकहरुको गुडविलका कारण व्यवस्थापनमा भएका मान्छेको कारणले सवैसाधारण्को विश्वास हामीमा छ । व्यवस्थापन राम्रो भएको कारणले अहिले आईपियोमा आकर्षण देखिएको हो ।

अब कम्पनी स्थापनाको ३ वर्ष नपुग्दै १५ औं स्थानमा आइपुग्नलाई के भन्नुहुन्छ ? त्यस्तो जादु के छ ?

हाम्रो टिममा सबै इन्स्योरेन्समै काम गरेर खारिएका अनुभवी मान्छेहरुको टिम अजोडमा छ । त्यसैले सबै भन्दा मुख्य कुरा हाम्रो समाजमा रहेका प्रतिष्ठित व्यावसायीहरु सञ्चालक समितिमा छन । अर्को कुरा व्यवस्थापनको सक्रियताको कारण पनी हो । र कम्पनीलाई अगाडी बढाउन सबैको आ–आफनो ठाउँबाट योगदान रहेको छ । अर्को कुरा एउटा कम्पनी सफल हुनुमा सञ्चालक समितिले व्यवस्थापकलाई कती सम्म निणर्य गर्ने अधिकार दिन्छ त्यसमा पनी भर पर्छ । हाम्रो सञ्चालक समितिले हामीले दिनहु गर्ने काममा हस्तक्षेप गर्दैन । त्यसैले फड्को मारेको हो । धेरै कम्पनीमा सञ्चालक समितीको हस्तक्षेपको कारणले पनि राम्रो हुन नसकेको हो त्यो अवस्था हाम्रोमा छैन । म आफै पनी २५ वर्षदेखि भिन्न बिमा कम्पनीमा यहि फिल्डमा काम गरेको मान्छे भएकाले त्यसको प्रभाव पनि होला ।

आईपिओेको बाँडफाँड त भैसकेको छ अब सर्वसाधरणले कारेबार कहिलेबाट गर्न सक्छन ?
हाम्रो सेयर नेपाल धितोपत्र बोर्डमा लिस्टीङको प्रोसेसमा छ । अब १, २ दिनमा त्यो प्रोसेस पुरा हुन्छ अनि सम्भवत यो हप्ता (विहिबार) भित्र हाम्रो कारोबार हुन्छ ।

के छ कतीमा कारोबार हुन्छ जस्तो लाग्छ ?
हाम्रो अहिले २ वटा ब्यालेन्स सिट छ । एनएफआरएसका कारणले २ ओटा व्यलेन्ससिट छ । नयाँ कम्पनी भाको हिसाबले सुरुदेखिनै नाफामा छौं तर सुरुमा सुन्य कारेबार थियो । अघिल्लो आवमा कारोबार साढे ४१ करोड थियो । एनएफआरएस अनुसार हाम्रो प्रिमियमा ठुलो प्रोभिजनमा राख्नुपर्ने देखियो । नेटवर्थ ९७ छ अहिले त्यसको तिनगुणासम्म सेयर प्राइस जाने हुनाले अहिले अधिकतम २९१ सम्म जान सक्ने स्थिती रहेको छ ।

सेयर कारोबारमा ढिलाई भएको भन्ने लाग्दैन ?

छैन्न सेयर कारोबारमा हाम्रो एकदम अगाडी छौं । सेयर जारी गर्न कोरोनाको कारणले बैंसाखमा ल्याउनुपर्ने थियो ढिला भयो । नेपाल धितोपत्र बोर्डले निर्देशन दिने बितिकै सेयर जारी गरेका हौं । सेयर जारी गरेको ४ दिनमै आवेदन परेको छ । हामी छिटैनै गरीरहेका छौं । र अब सेयरको सबै काम अन्तीम चरणमै पुगेको छ ।

कोरोनाले बिमा क्षेत्रलाई प्रभाव पारेको छ, अब यसलाई कसरी उठाउने ?

कारोनाले अलिकती प्रभाव त पारेकै हो । नेपालको जीवन बिमा र निर्जिवन बिमा बजारमानै अषर पारेको छ । त्यसमा पनि अहिले निर्जिवन बिमामा सार्वजनीक यातयात बन्द भयो । त्यसले गर्दा बिमा बजारमा प्रभाव परेको छ । मान्छे एकठाउँबाट अर्कोठाउँमा जान सकेका छैनन् । बिमा क्षेत्र देशको अर्थतन्त्रसँग सम्बन्धीत छ । देशको अर्थतन्त्र जती चलाएमान भयो बिमा त्यती नै फष्टाउदै जाने हो । अर्थतन्त्र खुम्चीयो संङकुचनमा आयो भने बिमा क्षेत्र पनि खुम्चीने वा घट्दै जाने देखिन्छ । अघिल्लो बर्ष २५ अर्व ५९ करोड थियो भने यसपाली ६ प्रतिशतमात्र बढेर २७ अर्ब पुगेको छ । असर त परेको छ नपरेको होइन अब अलिकती प्राथमीकतामा कुषी तथा पशु बिमालाई फोकस गर्नुपर्छ । घर बिमालाई पनि प्राथमिकता दिन्छौ । त्यस्तै यसपाली हामीले स्वास्थ्य बिमा पोलिसि ल्याएका छौं । अजोड स्वास्थ्य पारीवारीक बिमा भनेर ल्याएका छौं । अब हामीले प्रतक्ष अषर नपरेका क्षेत्रमा बिमा योजना ल्याउने छांै र बिमा बजारलाई उठाउनेछौं ।

अजोड स्वास्थ्य पारीवारीक बिमा योजना कस्तो प्रोडक्ट हो ?

यो बिमा योजना नेपालमा आएको छैन तर अहिले हामीले एउटा परीवार भित्र रहेका मान्छेहरुको सबैको बिमा गर्ने र त्यसमा ३ वटा स्वास्थ्यसंग संबन्धीत रहेको छ । एउटा स्वास्थ्य बिमा छ । अर्को क्रिटीकल इनलेन र दुर्घट्ना बिमा पनि जोडेका छौं । यसले एउटा परीवारलाई सम्पुर्ण जोखिम उठाउन सकिन्छ ।

यो बिमामा कति प्रिमीयम तिर्नुे पर्छ बताइदिनुस ?

एउटा परिवार भित्रका सबैको बिमा गर्ने प्रिमियम कती पर्छ अहिले भन्ने स्थित रहेन । उमेर र परिवारको सदस्यको हिसावले पर्छ । ७ लाख दुर्घटना बिमाको छ । ५ लाख घातक रोगको छ र २ लाख स्वास्थ्य बिमाको रहेको छ । प्रिमियम उमेर अनुसार पनि फरक फरक पर्छ ।


प्रतिक्रिया दिनुहोस्