‘सरकारले विद्युतको मूल्य सस्तो बनाओस्, हामी छड र सिमेन्ट विदेशमा निर्यात गर्छौ’ « Arthapath.com
२० फाल्गुन २०७८, शुक्रबार

‘सरकारले विद्युतको मूल्य सस्तो बनाओस्, हामी छड र सिमेन्ट विदेशमा निर्यात गर्छौ’



शाहिल अग्रवाल, प्रबन्ध निर्देशक, शंकर ग्रुप

पछिल्लो समय उत्पादनमूलक उद्योगमा आक्रामक रुपमा अघि बढेको छ शंकर ग्रुप । सिमेन्ट, छडलगायत बस्तु उत्पादनमा अग्रणी बन्दै आएको शङ्कर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल अतिनै व्यस्त देखिन्छन् । नेपालमा उत्पादित जस्तापाता श्रीलङ्कामा समेत निर्यात गर्न थालेको बताउँछन् शाहिल अग्रवाल । उनै व्यवसायी शाहिलसंग अर्थपथडटकमले गरेको कुराकानीको सारसंक्षेप :– 

जगदम्बाले ग्रुपले जस्तापाता पनि उत्पादन सुरु गरेको हो ? 

७ अर्बभन्दा बढीको लगानीमा जस्ता पाताको फ्ल्याट मोडलको एचआर क्वायल इम्पोर्ट गरेर सीआर क्लिन गरेर सीआरसी (कोल रोल क्वायल) क्वायल बनाउँदै छौँ । सीआरसी सिटबाट बक्स बनाउने, आल्मारी बनाउने, ट्रक बडीहरु देखि लिएर ढोका बनाउनमा प्रयोग हुने हार्ड टाइपको पाता हो । यसलाई ग्याल्भालुम टेक्नोलोजी पनि भनिन्छ । एल्मुनियम मिक्स गरि त्यसमा कोडिङ गरिन्छ । पुरानो टेक्नोलोजी जिङ्क हो । तर अहिले चाँहि एल्मुनियम र जिङ्कको मिक्स गरेर जस्तापाता बनाउँछौ । पाता बनाएर त्यसलाई कोमोकेसिङ गरिन्छ । त्यसको लाइफ १० गुना बढी हुन्छ, पु्रानो टेक्नोलोजीभन्दा । अहिले जगदम्बाले नयाँ ब्रान्ड ल्याएको ग्याल्भालुम हो । हाम्रो ब्राण्ड जगदम्बा ग्याल्भा भन्ने छ । 

यो प्रविधि प्रयोग शुरु भएको कति भयो ?

यो परीक्षणकालमा भएको ४–५ महिना भइसकेको छ । प्रोडक्सनमा आएको २ महिनाजति भयो । यसमा कलर कोडिङ गरेर जुन अहिले रङ्गिन जस्त पाता छ नी जगदम्बा सुपर साइन भनेर हामीले निकालेका छौं । त्यही प्लान्टमा हामी पाइपहरू लगायत अन्य बनाउँछौं । तर त्यही जस्ता पाता र सीआरसीएहरु हामीले एक्सपोर्ट गर्ने प्लानमा छौं । त्यसको लागि हामीले एक्सपोर्ट डिपार्टमेन्ट पनि क्रेट गरिसकेका छौं । हामीले श्रीलङ्कामा हामीले पहिलो निर्यात गरिसकेका छौं । हामीसँग भारत लगायत अफ्रिका, युरोपियन मुलुकहरू, अमेरिका, भियतनाम, इन्डोनेसिया लगायत सबै ठाउँबाट इन्क्वायरी आइरहेका छन् । हामीले अन्तर्राष्ट्रिय स्तरको सर्टिफिकेटदेखि लिएर इन्डियन आईएसओ सर्टिफिकेट पनि लिँदै छौं । १ सय टनको पहिलो लट भने श्रीलङ्कामा गइसकेको छ । प्रत्येक महिनामा ५–७ हजार टन निर्यात गर्ने हाम्रो योजना छ । 

छड पनि बाहिर निर्यात गर्नुहुन्छ ? 

छड अहिले गरेका छैनौ । इन्डियामा नेपालभन्दा अलिकति सस्तो छ । छड निर्यात गर्ने प्लान छ । छड बनाउनको लागि इनर्जी चाहिन्छ । नेपालमा आइरन पनि छ । नेपालको आइरन प्रयोग गर्न सकेर निर्यात गर्न सकिन्छ । विजुलीको कष्ट घटाएर उत्पादन गर्न सकेमा मूल्य पनि सस्तो हुन्छ । जसले गर्दा अन्तर्राष्ट्रिया बजारमा निर्यात गर्न सकिन्छ । हाम्रो एक टन छड उत्पादन गर्न ८ सय युनिट विजुली चाहिन्छ । त्यो ८ सय युनिटको हामी ९ रुपैयाँका दरले तिरिरहका छौँ । त्यसलाई ४–५ रुपैयाँ गर्न सक्यो भने हामी नेपालबाट छड निर्यात गरिदिन्छौँ । भारतमा अलग अलग सहरमा फरक मूल्य रहेको छ । जिएसटि (बस्तु र सर्भिस ट्याक्स) बीना भारतमा ८५ रुपैयाँदेखि ९० रुपैयाँ बिक्री मूल्य होला । हाम्रो नेपालमा ९३ रुपैयाँदेखि ९५ रुपैयाँमा बिक्री भइरहेको छ । भारत र नेपालमा छडको मूल्य ४–५ रुपैयाँको फरक छ । त्यसको कारण भनेको गाडीको भाडा पनि हो । स्पञ्ज आइरनबाट डिओटी तिर्नु परेको छैन् । तर विजुली अलि सस्तो हुने हो भने इण्डियाको कस्टमा हामी पनि उत्पादन गर्न सक्छौँ । 

सिमेन्ट एक्सपोर्ट गर्ने बारेमा केही सोच्नु भएको छैन ? 

सिमेन्ट पनि माथि भने जस्तै हो । मुख्य लजिस्टीक्सले धेरै ह्याम्बल गर्छ । पहाडबाट चुनढुंगा उत्खनन गरेर तराइमा लग्नु पर्छ । त्यसपछि चुनढुंगालाई पिसेर उत्पादन गर्नपर्छ । त्यसमा ट्रान्सपोर्टेशन कस्ट, डिजेल कष्ट लगायत अन्य कष्ट एकदमै हाइ छ । भारतीय सीमा नाकाबाट हाम्रा फ्याक्ट्रिहरु नजिक छन् । हामीले कम्तिमा १ सय किलोमिटरसम्म पनि सप्लाई गर्न सक्यौ भने राम्रो निर्यात हुन्थ्यो । पावर कष्ट र कुनै खालको निर्यात गर्दा भ्यालुअडिसनको भरमा एक्सपोर्ट सिडी दियो भने चाँही स्टिल र सिमेन्ट निर्यात गर्न सक्छौं । 

स्पञ्ज  आइरनबाट उत्पादन गर्ने छड र बिलेट आयात गरेर उत्पादन गर्ने छडमा कन्जुमरको पार्टबाट हेर्दा के फाइदा छ ? कष्ट धेरै फरक छैन् भनेर गुनासो आउँछन् नी ? 

अहिलेको समयमा भारतबाट बिलेट ल्याएर नेपालमा छड उत्पादन गर्ने हो भने १ सय रुपैयाँ घटी बेच्न सकिँदैन । तर हामीले स्पञ्ज आइरन आयात गरिरहेका छौ । स्पञ्ज आइरनमा सरकारले हामीलाई छुट पनि गरिदिएको छ । त्यसैले हामीले ९५ रुपैयाँमा छड बेचिरहेका छौँ । आजको दिनमा कन्जुमरलाई ५ रुपैयाँ फाइदा छ । जुन आज त्यो फाइदा नभएको भए १ सय रुपैयाँको हाराहारीमा हुन्थ्यो । १ सय रुपैयाँको सामानमा ५ रुपैयाँ फाइदा भनेको ५ प्रतिशत हो । कन्जुमरले त्यसलाई कसरी रियलाइज गर्छ भन्ने हो । यहि छड कुनै समय ५५ रुपैयाँ र कुनै समयमा ११० रुपैयाँ पनि थियो । तर यो यति फ्लक्च्ययुट छ की तलमाथि भईरहन्छ । त्यसैले पनि कन्जुमरलाई यसको रियल प्राइज के हो भन्ने थाहा नभएको होला । अहिलेको समयमा दुनियामा कमोडिटीको दाम महँगो भएको छ । यदि बिलेट झिकाएर बनाएको भए १ सय रुपैयाँ घटी हुँदैनथ्यो होला । 

उद्योगको नेतृत्व गरिरहनु भएको छ, बैंकिङ क्षेत्र लगायत अन्य क्षेत्रमा लगानी गर्न नचाहेको हो की नमिलेको हो ?

पहिले हाम्रो फोकस इण्डस्ट्रिमा नै थियो । ट्रेडिङ र इण्डस्ट्रि दुवै गरिआएको ग्रुप हो । तर जुन बेला म र मेरो दाई विजनेशमा आयौ त्यो बेला हाम्रो फोकस नेपालमा इण्डस्ट्रि नै गर्ने थियो । यसमा हामीले २० बर्ष दियौ । त्यसैले गर्दा त्यो क्षेत्रतिर हाम्रो तेति धेरै फोकस भएन । तर अहिले हाम्रो सर्भिस सेक्टरमा राम्रो फोकस छ । हाम्रो आफ्नै मेजर इन्भेष्ट भएको लाइफ इन्स्योरेन्स, रिइन्स्योरेन्स कम्पनी छ । बैंकिङ सेक्टरमा पनि हाम्रो चाहना छ । अवसर आएको बेला त्यसमा पनि हामी इन्भेष्ट गर्छाै । 

गाडी तथा अटो क्षेत्र (मोटरसाइकल) मा तपाइको व्यवसाय भएकाले राष्ट्र बैंकले ल्याएको नीतिले कति असर गरेको छ ?

लिक्वीडिटी अभावले गर्दा अटोमेटिक्ली गाडी र अटोमोवाइल्सको विजनेश कम भएको छ । किनकी ५० प्रतिशत मोटरसाइकल बिक्री हुने फाइनान्समा नै हो । धेरै कम मान्छे मात्रै हुन्छन् १ सय प्रतिशत पे गरेर गाडी तथा मोटरसाइकल किन्ने । किन्ने बेला बैंक तथा फाइनान्स कम्पनीको लोन लिने हो । त्यसले गर्दा राष्ट्र बैंकले टाइट गर्दा र लिक्वीडिटी क्रन्च हुने बेला कन्जुमरले आफ्नो पोस्टपोण्ड गर्छ । त्यसको असर मार्केटमा पर्छ नै । राष्ट्र बैंकको नीतिले कन्जुमरलाई डिसकरेन गरेको छ र मार्केट स्वीङ भएको छ । 

टिभिएसको पनि सेल्स घटेको हो ?

हाम्रो सेल्स गत सालको तुलनामा कम छ । यो महिना नै हेर्ने हो भने २० प्रतिशत डाउन भएको छ । गाडी पनि त्यहि हो । 

शंकर ग्रुप बजारमा आक्रामक रुपमा लागेको छ, होटल तथा पर्यटनमा पनि लगानी गर्दै हुनुहुन्छ ?

नक्सालमा साढे ७ अर्ब रुपैयाँ लगानीमा १८० कोठाको हिलटन ब्राण्डको होटल स्थापित गर्दैछौं । यो ५–६ बर्ष देखि निर्माण भईरहेको छ । कोरोना महामारी लगायत अन्य कारणले ढिलाई भएको छ । २०२३ मा यो प्रोजेक्ट लञ्ज गर्ने योजना रहेको छ । पोखरामा पनि ३० वटा कोठाको रिजल्ट एण्ड हेल्थ सेण्टर निर्माण गरिरहेका छौं । पर्यटनमा हामी यहि दुइ वटा मात्रै हो । विस्तारै हामी हस्पिटालिटी लगायतमा इन्भेष्ट गर्छाै । हाइड्रोपावरहरुमा काम चलिरहेको छ । सर्भिस सेक्टरमा पनि हामी योजना बनाइ रहेका छौं । 


प्रतिक्रिया दिनुहोस्