‘मार्केटमा लगानी गर्ने भनेको घटेको बेला नै हो’ « Arthapath.com
२३ असार २०७९, बिहीबार

‘मार्केटमा लगानी गर्ने भनेको घटेको बेला नै हो’



-बर्षमा १०४ प्रतिशत लाभांश दिएका छौ।
-मार्केटको अपेक्षाभन्दा ५० प्रतिशत बढी प्रतिफल दियौं ।
-सप्लाईको मिस मेनेजमेन्टले सेयर मार्केट बिग्रियो ।
-क्यापिटलको बिजनेसमा प्रतिस्पर्धा धेरै भयो ।
-उचित प्रतिफल दिएपछिमात्रै नयाँ लगानीकर्तामा जाने भन्नेखालको मेन्टालिटी बनाएको हौं ।

पारसमणि ढकाल, सीईओ
ग्लोबल आइएमई क्यापिटल लि.

अहिले सेयर बजार निकै घटिरहेको छ, के कारणले होला यस्तो ?
सेलिङ प्रेसरले गर्दा घटेको हो जस्तो लाग्छ । नियामकहरूको पोलीसीहरू चेञ्ज भएका छन् । अन्तिम समयमा आएपछि पक्कै पनि अहिलेसम्मको मार्केटमा मेन्टेनेन्स अभ्यास हेर्दै जाने हो भने लिबरेज हुन्छ । हाम्रो मार्केटमा पनि लिबरेज थियो । लिबरेजको केसमा कसैले अलि बढी अप्टिमिस्टक भएर आजसम्म खुलेका थिए होला, त्यो प्रेसर होला । ब्याज तिर्नुपर्ने इस्यू भएकाले पनि होला ।

सेयर बजार बढाउन देशमा आन्दोलन पनि भयो । नेपालको इकोनोमिक क्लाइमेट पनि कन्फ्यूजन क्रियट भएको छ । प्रत्येकको फरक–फरकखालको प्रसेप्सन आउन थालेको छ । त्यसैले एउटा कन्फिडेन्स नभएको हुनसक्छ । जुन लेभलसम्म मार्केटको इन्फर्मेशन पुगेको थिएन, त्यहाँसम्म पनि मार्केटको प्रत्येक फ्याक्टरहरूमा इन्फर्मेशन पुगेको छ जस्तो लाग्छ । उनीहरूले कसरी बुझेका छन्, प्रश्न गर्ने ठाउँ होला । तर, त्यस्तो भएको कारणले एउटा सुरक्षित भएर बसौं भन्ने होला । अहिले अलिकति सुरक्षित मार्केट हो कि जस्तो देखिएको छ ।

गतवर्ष फण्डले १ सय प्रतिशत प्रतिफल दिएको थियो, तर पछिल्लो अवस्थामा त्यो फण्डको अवस्था नाजुक छ नि ?
त्यो त डेफिनेट्ली हो । मार्केट अहिले हेर्ने हो भने रिटर्नको हिसावले म्युचूअल फण्ड भनेको आइदर उई सुड इन्भेष्ट सेक्युरिटिज त्यसपछि फिक्स डिपोजिटमा राख्ने होला । १५ प्रतिशतसम्म व्याजमा एफडीमा राख्न पाइने, त्यसभन्दा बाहिरको अरु कल डिपोजिटमा राख्ने । त्योभन्दा बाहिर अरु पनि छन् । अहिलेको पनि वान साइडेड मार्केट हो । प्वाइन्टमा बेचेर निस्किन सक्यौ भने मात्र हो, मार्केट घट्दा म्युचूअल फण्ड घट्ने नै हो । सेबोनको डाइरेक्सनमा हेर्ने हो भने २० प्रतिशत इन्भेष्टमेन्ट जुनसुकै बेलामा पनि हुनुपर्छ भनेको छ । इक्वीटिमा इन्भेष्टमेन्टको पाटोमा मार्केट रेट घट्छ नै भन्ने छ भने त्यो बेला अन्यमा पनि जान सकिँदैन ।

ग्लोबल आइएमई व्यालेन्स्ड फण्ड–१ ल्याउँदै हुनुहुन्छ । अहिलेको नयाँ फण्डको विशेषता के छ ?
पुरानोमा कन्सट्रेन्ट हेर्ने हो भने इन्ेभेष्टमेन्टमा सेयर छ । त्यो बेला इनकम फण्ड भनेर लिएको हो । हामीले मार्केटलाई हेरेर अहिलेको कन्टेस्टमा नेपालको क्यापिटल मार्केटमा फिक्स इनकम अरु पनि देखिएका छन्, डिबेञ्चर, एफडी । अहिलेको म्युचूअल फण्ड भनेको ब्यालेन्स्ड फण्ड हो । ब्यालेन्स्ड फण्ड भनेपछि इक्वाइल प्रोमोसनको एफडीमा र फिक्स्ड इनकममा हुन्छ । फिक्स्ड भनेको डिबेञ्चर, एफडी, कल डिपोजिट र इक्वीटी पनि त्यहि हिसाबले गरेर जाने हो । लिक्वीडीटी ब्यालेन्स गररे गइन्छ । त्यही लेभलको रिस्क नहोला । तर, त्यति भन्दा भन्दै हामी म्युचूअल फण्ड इन्भेष्टमेन्ट रिस्क हो । इक्वीटीमा बिजनेश गर्ने भनेको ट्रेड अफ दी रिस्की । रिस्कको ब्यापार गर्ने हो । पहिले पनि केही रिकभर गर्न सफल भयौं । १०४ प्रतिशत ५ वर्षमा लाभांश दियौं । यतापट्टि फ्रेस भ्याल्यु कसरी गरेर जाने भन्ने छ । हामीले हाई र लो मार्केट पनि दखेको छौं । ग्लोबल आइएमई समुन्नत योजनालाई पनि हेरेर लिनुपर्ने अनुभवहरू लिइसकेका छौं । हामीले यो योजनामा जो–जो सहभागी हुनुहुन्छ, पहिला पनि ग्लोबल आइएमई ग्रुपलाई पनि राम्रो सपोर्ट छ, लगानीकर्ताको । त्यो सहभागिता कायम रहन्छ भनेर फेरि लिएका हौं । हामीले जे हिसाबले काम गरिरहेका छौं, त्यो हिसाबले प्रतिफल पनि दिएर जान्छौ । हाम्रो टिमसँग अनुभव छ । हामीले लो र हाई दुवै देखेका छौं ।

यसको रिटर्न पर्सेप्सन कति छ ?
यसमा हामीले नर्मल्ली १ सय प्रतिशतभन्दा माथिको प्रक्षेपण छ । पहिलो ७.५ प्रतिशत प्रक्षेपण र त्यसपछि मिनिमम १० प्रतिशत छ ।

मार्केट घटेको बेलमा फण्ड ल्याउँदै हुनुहुन्छ, के यो अपरच्युनिटी हो कि विक्रीको रेस्पोन्स कसरी लिनुभएको छ ?
सेलरमा पक्कै पनि च्यालेञ्ज हुनसक्छ । तर, हामीले लगानीकर्तालाई उचित प्रतिफल दिएका छौं । सर्टेन लेभलको इन्भेष्टमेन्ट गरिहाल्नुपर्छ भन्ने रेगुसलेशनले पनि तोकेको हुन्छ । हाम्रो सिंगल लाइन मार्केट हो । कसैलाई कमाउनका लागि बढ्नैपर्छ भन्ने पाटोबाट त्यो हुनैपर्छ । तर, होइन भनेदेखि मार्केटमा इन्भेष्टमेन्ट गर्ने भनेको घटेको बेला नै हो । नेप्सेको प्वाइन्टमा हेर्ने हो भने पनि १३ सयबाट बढेर ३२ सय पुग्यो थियो । योभन्दा अघि १८ सयबाट ११ सय थियो । १३ सयको मार्केटमा नयाँ आएका कम्पनीहरू त्यो बेलाको १३ सय भनेको अहिलेको १७–१८ सय भइसकेको छ । मार्केट जहाँसम्म पुगेको छ । मार्केटले ओभर रियाक्सन गरेको हो कि भन्ने पनि छ । जहाँ पुगेको थियौँ, त्यहाँसम्म पुग्नुपर्ने थिएन । जताततैबाट नेगेटिभीटी इन्फर्मेशन आएको होला । नपुग्नुपर्ने तप्कासम्म पनि पुग्यो होला । कसैले लङ टर्म इन्भेष्टमेन्ट भनेर लगानी गरेका पनि आत्तिए ।

४ दिनमा पूरै बिक्छ ? अगाडिको फण्डलाई गाह्रो नै प¥यो ।
हामीले बिक्री हुन्छ भनेर ल्याएका छौं । रिटेलरको पार्टीसिपेसनको पाटो पनि हुन्छ होला । उहाँहरूको कति हुन्छ । सकेसम्म ४ दिनमा नै बिक्री गर्छाैं । अहिलेको मार्केटमा कम्प्येर गर्ने हो भने हामीले म्युचूअल फण्ड लियौं । लिएपछि एउटा लेभल लोमा पुग्यौँ । त्यसपछि लगानीकर्तालाई अप्ठ्यारो पार्नुहुन्न भन्ने हिसाबले हामीले कुरेर पुरानो युनिटले पर्फम गरेपछि नयाँ फण्ड लिएर आउँदैछौं । हामीले लगानीकर्ताबाट लिएको पैसालाई उचित प्रतिफल दिएपछिमात्रै नयाँ लगानीकर्तामा जाने भन्नेखालको मेन्टालिटी बनाएको हौं । यो स्किमलाई अहिलेका एक्जिस्टिङ लगानीकर्ता पनि र नयाँ लगानीकर्ता पुरानाको पर्फमेन्स पनि हेरेर गर्नुहुन्छ भन्ने आशा गरे लिएका छौं । तर, हामी ४ दिनमा नै बिक्री गर्न सक्छौ होला । ४ दिनमा बिक्रीमात्रै होइन ओभर सब्स्क्राइब पनि आश गरेका छौं । हामी २५ प्रतिशत माथिसम्म पनि जान पाउँछौ ।

यो सेयर मार्केट घटेको छ । तपाईंले चलाउने फण्डले यस वर्ष कति लाभांश दिन्छ होला ?
अहिले हामी १० रुपैयाँको हाराहारीमा छौँ । मेरो रियलाइज प्रोफिट म्युचूअल फण्डले डिभिडेण्ड दिनका लागि २ कण्डिसन हुनुपर्छ । एउटा रियलाइज प्रोफिट हुनुप¥यो र अर्काे १० रुपैयाँभन्दा माथि हुनुप¥यो । डिभिडेन्ट बाँड्दा १० रुपैयाँ घटाएर दिनुहुँदैन । त्यसैले अहिलेको कण्डिसनमा रियलाइज प्रोफिट झन्डै ३० करोड छ । हामीलाई न्याभको कारणले अहिलेको अवस्थामा वितरण गर्न सक्दैनौ । तर, मार्केट पछिल्ला दिनमा बढ्दै गएको छ । त्यसलाई मेन्टेन भयो भने डिभिडेण्ड पेमेन्ट गर्न सफल भइन्छ ।

तपाईंले ल्याएको फण्डले कति प्रतिशत लाभांश दिन्छ ?
कति प्रतिशत लाभांश दिने भन्ने कुरा मैले सिफारिस गर्ने होइन । हामीसँग रियलाइज प्रोफिट झन्डै २५ देखि ३० करोड छ । अहिलेको बजार घटेकोको अवस्थालाई हेर्ने हो भने त गर्न सक्दैनौं । बजार केही बढेको अवस्थामा राम्रो हुन्छ ।

म्युचूअल फण्डले आईपीओमा पाउने आरक्षण हटाउने कुरा छ नि, यो ठिक हो ?
त्यसको वेनिफिट पाउने भनेकोचाहिँ फण्ड म्यानेजर, स्किम म्यानेजर र डिपोजिटरीको हिसाबमा हामीले पनि गरेको पर्फमेन्समा केही एड अर्न गरेको होला । हाम्रो फि भनेको कमिसन वेसमा हुन्छ । होइन भने त्यो पार्टको बेनिफिट पाउने भनेको युनिट होल्डर्सले नै हो । त्यो वेनिफिट फन्ड म्यानेजरले पाउने भनेको फन्ड म्यानेजर र डिपोजिटरी पाउने हो । सुपरभाइजरीले पाउने सुविधा होइन त्यो । म्युचुअल फण्डलाई हामीले कसरी हेरेका छौं भने सप्लाइको मिस म्यानेजमेन्टले आजको मार्केट बिग्रिएको हो । अहिले सप्लाई कन्जुम गर्दिनेचाहिँ कोही भएनन् । सप्लाई क्रिएट भयो, डिमाण्ड म्यानेज नभएर अहिलेको बजार बिग्रिएको छ । अहिले बैंकहरूले सेयरमा लगानी गर्ने कुरामा जुन क्याप लागेको छ । जहाँ बैंकहरूले १ वर्षको लागि त्यो पनि लगानीको १ प्रतिशतमात्रै भन्ने व्यवस्थाले गर्दा हो नि ।

अवको दिनमा म्युचूअल फण्डहरूलाई विजनेश गरेर टिक्न गाह्रो छ, भनिन्छ नि हो ?
मर्चेन्ट बैंकर धेरै कम्पनी भए । सीईओ भएर आइसकेपछि तलव खाएपछि काम गर्नचाहिँ च्यालेन्ज नै छ । प्रतिस्प्रर्धा साह्रै बढेर गएको छ । यो बजारमा हामीले जसरी काम गरेका छौं, त्यहाँबाट सोचेजस्तो रिटर्न पाउनचाहिँ गाह्रो छ । अरु क्षेत्रहरू पनि खोज्नुपर्छ । जस्तो बुक विल्डिङको कामहरू भैराखेका छन् ।


प्रतिक्रिया दिनुहोस्