प्राइम बैंकको सिईओले पाए आन्तरीम आदेश अव काममा फर्कने « Arthapath.com
२८ श्रावण २०७६, मंगलवार

प्राइम बैंकको सिईओले पाए आन्तरीम आदेश अव काममा फर्कने



काठमाडौं । प्राइम कमर्सियल बैंकका सिईओ नारायणदाश मानन्धरले सिईओमा जारी रहन पाउँ भनि अदालतमा जाहेर गरेको मुद्धा उपर आन्तरीम आदेश पाएका छन । प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणा आफैले मुद्धाको शुनुवाई गर्दै अन्तरीम आदेश दिएका हुन ।
गत सोमबार राष्ट्र बैंकले उमेर हदका कारण हट्न निर्देशन जारी गरेपछि उनले बुधबारै सर्वोच्च अदालत गएका थिए । राष्ट्र बैंकलाई विपक्षी बनाई हालिएको मुद्धा दायर गरेका थिए । आज मंगलबारको लागी तोकिएको रित उपरको आन्तरीम आदेश पाएका हुन ।
प्राधानन्यायधिस आफैको बेन्चमा राखिनुलाई धेरैले रित खारेजीको अनुमान गरेका थिए । सर्वोच्च अदालतले आन्तरीम आदेश दिएपछि सिईओ मानन्धर काममा फर्कन पाउने भएका छन । यो उमेर हदका कारण बाहिरिएका संचालकहरुको हकमा पनि लागुहुन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्