धितोपत्र बोर्डको अध्यक्ष छान्न बन्यो समिति, आधा दर्जनको दौडधुप « Arthapath.com
२० कार्तिक २०७६, बुधबार

धितोपत्र बोर्डको अध्यक्ष छान्न बन्यो समिति, आधा दर्जनको दौडधुप



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न समिति गठन भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष छनौट समिति गठन भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट फुयाँलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका हुन । समितिमा सदस्यहरुमा राजश्व सचिव शिशिर ढुङ्गाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन ।
समितिले ३ जनाको नाम छनोट गरी सरकारलाई पेश गर्ने छ । सोही नाममध्येबाट सरकारले १ जनालाई बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गर्नेछ ।
बोर्ड अध्यक्ष बन्न उम्मेदवारहरु सरकारका विभिन्न शक्तिकेन्द्र धाउन थालिसकेका छन । अर्थमन्त्री पुर्व एमालेका भएकाले पुर्व एमालेका कार्यकर्ताहरुनै नियुक्तीको लागी बढी दौडधुपमा देखिएका छन ।
पुर्व एमालेको लेखा आयोगमा बसेर लामो समय काम गरेका आईक्यानका पुर्व अध्यक्ष टंक पनेरु दौडको अग्र पङ्तिमा देखिएका छन । प्रधानमन्त्री ओली निकट रहेकाले पनि पनेरुको संभावना बढि देखिएको छ । त्यस्तै पार्टीमा लामो त्यग गरेका नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक बासुदेव अधिकारी पनि अर्थमन्त्रीले रुचाइएका व्यक्ति हुन । यद्येपी अधिकारी नेपाल बैंकको अध्यक्ष रहेकाले उनको संभावना न्यून छ ।
त्यस्तै नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक तथा हाल बोर्डकै विज्ञ सञ्चालक रहेका भिष्म ढुंगाना पनि शितल निवासको आशमा दौडमा छन । त्यस्तै बोर्डकै कार्यकारी निर्देशकद्धय परिष्टनाथ पौडेल र निरज गिरी तथा उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले लबिङ गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्