नवोदित कलेज सामाखुसीका ‘टीयू गोल्ड मेडलिस्ट’ भण्डारी सम्मानित « Arthapath.com
१३ मंसिर २०७६, शुक्रबार

नवोदित कलेज सामाखुसीका ‘टीयू गोल्ड मेडलिस्ट’ भण्डारी सम्मानित



काठमाडौं / त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा ‘गोल्ड मेडलिस्ट’ प्राप्त गरेका विद्यार्थीलाई सम्मान गरिएको छ ।
तादी गाउँपालिका– ५ नर्जामण्डपमा जन्मिएका राजु भण्डारीले यस वर्षको टीयू टप गरेका छन् ।
स्थापनाकालदेखि स्तरीय शिक्षा प्रदान गर्दै आएको नवोदित कलेज, सामाखुशीले चारवर्षे स्नातक तहमा नेपालभरबाट प्रथम स्थान हासिल गरेका आफ्ना विद्यार्थी राजु भण्डारीलाई एक कार्यक्रमबीच सम्मान गरेको हो ।
०५० सालमा काठमाडौंको सामाखुसीमा स्थापित नवोदित कलेजले २०६६ सालदेखि प्लसटु तर्फका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । हाल टीयूअन्तर्गत मानविकी र व्यवस्थापन सङ्काय सञ्चालन गर्दै आएको नवोदित कलेजले डिग्रीमा एमबीएसको कक्षा पनि सञ्चालन गर्दै आएको छ ।
भण्डारीले स्नातक तह (२०७३–०७६) मा ७८.६५ प्रतिशत अङ्क ल्याई नेपालभरबाट प्रथम भएका थिए । कार्यक्रममा काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले भण्डारीलाई खादा र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रमका कलेजका प्राचार्य राजेन्द्र अधिकारीले आफ्नो कलेजका विद्यार्थी नेपालभरबाट प्रथम हुँदा खुसी व्यक्त गर्दै भविष्यमा कलेजले दिने शिक्षा थप गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस्