किन भए डा. युवराज खतिवडा असफल अर्थमन्त्री ! « Arthapath.com
१७ माघ २०७६, शुक्रबार

किन भए डा. युवराज खतिवडा असफल अर्थमन्त्री !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनकै बेला अर्थसास्त्री डा युवराज खतिवडालाई अर्थमन्त्री दिनसक्ने आकलन धेरैको थिएन । अफसोच पार्टीभित्र जिवनभर राजनिती गरेका तत्कालिन पार्टी महासचिव ईश्वर पोखरेल र पार्टीका अर्का हस्ती युवराज ज्ञावालीलाई समेत पछीपार्दै खतिवडाले अर्थमन्त्रालयको बागडोर सम्हाल्ने मौका पाए । ओलीको यो निर्णयले पार्टीभित्र व्यापक विरोध भएको थियो । तर पनि ओलीले अर्थसास्त्र बुझेकाकाटै हेरौंन भन्ने बुझाइले अहिले मुलुकको अर्थतन्त्र तहसनहस भएको छ ।

चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा सरकारको राजश्व लक्ष्यले हावा खाएको छ । यो अवधिमा सरकारले लिएको लक्ष्य भन्दा झण्डै ८२ अर्ब रूपैयाँ कम राजश्व उठेपछि अर्थमन्त्रीको छट्पटाहट शुरु भएको हो । पछिल्लो आँकडा अनुसार गत पुस मसान्तसम्म सरकारले ४ खर्ब ५५ अर्ब रूपैयाँ मात्र राजश्व संकलन गरेको देखिएको छ । जबकी उसले पुस मसान्तसम्म ५ खर्ब ३७ अर्ब रूपैया राजश्व संकलनको लक्ष्य राखेको थियो । जबकी महालेखा नियन्त्रकको कार्यालयले भने उक्त अवधिमा सरकारले ४ खर्ब ३३ अर्ब रूपैयाँ मात्र राजश्व असुली गरेको बताएको छ । उक्त रकम कुल लक्ष्यको ३८.९५ प्रतिशत मात्र हुन आउने देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । जसमध्ये कर राजश्व १० खर्ब र गैरकर १ खर्ब २ अर्ब रूपैयाँ रहेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले गत पुससम्म लक्ष्यको ४० प्रतिशत राजश्व संकलन गर्ने लक्ष्य राखेपनि उक्त लक्ष्य असफल भएपछि अर्थमन्त्रीले आफू सफल रहेको देखाउन अनेक तानाबाना बुन्न थालेका हुन् । अर्थमन्त्रीको नीतिको सर्वत्र आलोचना हुन थालेपछि उनी अटोमोबाइल्स डिलर्स देखि बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूसँग नरम रूपमा प्रस्तुत भएका छन् । पछिल्लो केही सातादेखि विभिन्न बहानामा मुलुकका पश्चिमदेखि पूर्वसम्मका महत्वपूर्ण जिल्लाका उद्योग वाणिज्य संघ तथा तिनका पदाधिकारीहरूसँग पनि गुनासो सुन्ने र समस्याको समाधान गर्ने वचन दिँदै हिँड्नुले अर्थमन्त्री आफ्नो असफलता ढाकछोपमा लागिपरेको विश्लेषण गर्न थालिएको छ ।

खतिवडा सांसद दोहोरिने
यही फागुन पहिलोसाता सांसद पद सकिन लागेका खतिवडालाई पुन सरकारले राष्ट्रिय सभामा सिफारिस गर्ने बताइएको छ । नेकपाले विगतमा भएका सांसदलाई नदोहार्याउने निती लिएरनै खतिवडालाई राष्ट्रिय सभाको उम्मेद्वार बनाएको थिएन । खतिवडालाई मन्त्रीपरिषदको सिफारिसमा पु्नः राष्ट्रियसभमा लैजाने तयारी भएको छ । यद्धेपी मन्त्री पद भने दिने नदिनेबारे पार्टीभित्र छलफल भएको छैन ।


प्रतिक्रिया दिनुहोस्