सुन लकडाउनबीचमा तोलामा १० हजार ४ सयले बढ्यो

काठमाडौ । लकडाउन सुरु भएदेखी सुन चाँदको मुल्य निर्धारण भएको थिएन । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार लकडाउनपछि पहिलोदिन सुनचाँदीको मूल्य सार्वजनिक गर्दा १० हजार ४ सयले बढेको पाइएको छ । सुन साँढे २ महिनामा १० हजार ४ सयले मुल्य बढ्न गएको हो ।
२०७६ चैत १० गते सुनको कारोवार हुँदा प्रतितोला ७७ हजार रुपैयाँ रहेको सुनको मूल्य आइतबार सार्वजनिक हुँदा ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।
सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गतेबाट लकडाउन घोषणा गरेको छ । अढाइ महिना यता महासंघले सुनको नयाँ मूल्य सार्वजनिक गरेको थिएन ।