सोमबार विहानै ललितपुरमा एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रौतहटका २९ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
सोमबार बिहानै एक कोरोना संक्रमितको मृत्यु भएको हो । ललितपुरको स्टार अस्पतालमा उपचारारत ति पुरुष दम लगायतका अन्य रोगले पनि च्यापेको थियो । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।