एनआइसी एशिया लघुवित्तको सेयर सुचिकृत, विहिबारदेखी कारोवार हुने « Arthapath.com
२४ असार २०७७, बुधबार

एनआइसी एशिया लघुवित्तको सेयर सुचिकृत, विहिबारदेखी कारोवार हुने



काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाको आइपिओ नेपाल स्टक एक्चेन्जमा सुचिकृत भएको छ । हालै विक्री गरेको आइपिओसमेत गरी १४ करोड ८० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो ।

एनआइसी एशिया लघुवित्तको सेयर सुचीकरण भएसंगै बिहीबारबाट सेयर बजारमा कारोबार हुन लागेको हो । लघुवित्तले असार १० गतेदेखि सर्वसाधारणमा ४६ लाख कित्ता आईपिओ बिक्री गरेको थियो । सेयर अलर्टमेन्ट भएको २ साता नपुग्दै कारोवार सुरु भएको हो ।

नेप्सेमा कारोबारको लागि एनआईसीबिएसएल कारोबार संकेत प्रदान गरेको छ । एनआइसी एशिया लघुवित्तको पहिलो कारोबारको लागि ११०।४३ रुपैयाँदेखि ३३१।२९ रुपैयाँको कारोबारको रेञ्ज प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्