अजोड इन्स्योरेन्स २८ लाख ५० हजार कित्ता आइपिओ आजदेखी « Arthapath.com
२५ असार २०७७, बिहीबार

अजोड इन्स्योरेन्स २८ लाख ५० हजार कित्ता आइपिओ आजदेखी



काठमाडौं । अजोड इन्स्योरेन्सले आजदेखी २८ लाख ५० हजार कित्ता आईपिओ जारी गरेको छ । इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएप्रश्चात विहिबारदेखी सर्वसाधारणलाई २७ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको १ लाख २० हजार कित्ता सेयर पनि आजैदेखी जारी गरेको कम्पनीका सिईओ कुमार बहादुर खत्रिले जानकारी दिए । ४ कार्यदिन रहेको आइपिओमा सर्वसाधारणले चासोका साथ हेरेका छन । १ सय अंकित मुल्यमा आएको आइपिओ सुरुकै दिन विकिसक्ने कम्पनीको दावी रहेको छ ।

अजोड इन्स्योरेन्सको जारी पुँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार देखि बिक्रि खुला गरेको हो । त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ ।

२ वर्ष अघि संचालनमा आएको अजोड इन्स्योरेन्स आईपीओ ल्याउने पहिलो ननलाईफ इन्स्योरेन्स हो । पछिल्लो समय बजारमा आक्रामक रुपमा प्रश्तुत भएको अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि २९ गतेसम्म सेयर बिक्री खुला गरेको छ । १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

सेयर जारी प्रश्चात कम्पनीको बिमा समितिले तोके अनुसार १ अर्व चुक्तापुँजी पुग्नेछ । कम्पनीको आईपीओमा सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्