साधना लघुवित्तको ७ करोड ७ लाखको आईपिओ बुधबार बाँडफाँट हुने
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटडेको आइपिओ बुधबार बाँडफँड हुने भएको छ । सेयर रजिष्टार ग्लोवल आइएमई क्यापिटलका अनुसार बुधबार आईपिओ बाँडफँड हुा लागेको जनाएको छ ।
सो को तयारीको लागी क्यापिटलले प्रि अलोटमेण्ट आइतबार गर्न लागेको जनाएको छ । साधनाले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजारको आइपिओ निष्कासन गरेको थियो । जसमा ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ता लागि आवेदन दिएका थिए ।
जसमा करिव ८ हजार आवेदन रद्द भएको थियो । आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने भएको छ ।