इजी ट्याक्सी नेपाल एपले उपत्यकाका ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गरिदिने « Arthapath.com
२८ असार २०७७, आईतवार

इजी ट्याक्सी नेपाल एपले उपत्यकाका ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गरिदिने




काठमाडौं । इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिने व्यवस्था ल्याएको छ ।


इजी ट्याक्सी नेपालकाका अध्यक्ष संजीत पौडेलले देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएको बताए ।


भर्खर सिमित संख्यामा ट्याक्सी चल्न थालेका छन र यात्रुहरुलाई समेत सुरक्षित भएको संदेश दिनुपर्नेछ, जसमा कोरोना बीमा गर्दा ट्याक्सी चालकहरुले ढुक्कले सेवा दिनसक्नेछन्, अध्यक्ष पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस्