अव अनलाइन कक्षा नहुने, शिक्षकहरु बेतलवी बिदामा « Arthapath.com
३१ असार २०७७, बुधबार

अव अनलाइन कक्षा नहुने, शिक्षकहरु बेतलवी बिदामा



काठमाडौं । सरकारले चैत्र ११ गतेदेखी गरेको लकडाउनको कारण बन्द रहेको निजी विद्यालयहरु अझै खुल्ने निष्चीत भैसकेको छैन ।

निजी विद्यालयहरुले लकडाउनको समयमा संचालक गरेको अनलाइन कक्षा बिहिबारदेखी बन्द गर्ने घोषणा गरेका छन । विद्यार्थी संघ÷संगठनले अनलाइन कक्षाको शुल्क नतिर्न अभिभावकहरुलाई आग्रह गरेपछि अनलाइन कक्षा बन्द हुन लागेको हो ।

नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरी बुधबार एक विज्ञेप्ती जारी गर्दे अनलाइन कक्षा रेक्ने र शिक्षकहरुलाई बेतलवि बिदा दिने जनाएका छन ।
शिक्षा मन्त्रालयले बैंकल्पिक शिक्षण विधिको बारेमा ठोष निर्णय नगरेकाले अनलाइन कक्षा बन्द गर्नुपरेको प्याव्सन र एनप्याव्सनले बताएका छन । अव अनलाइन कक्षा लिने शिक्षकहरु पनि बेतलवी विदामा बस्नेछन ।


प्रतिक्रिया दिनुहोस्