क्रिएशन र कोकाकोलाद्वारा ३२०० भन्दा बढि सफाईकर्मीहरुलाई सहयोग « Arthapath.com
८ श्रावण २०७७, बिहीबार

क्रिएशन र कोकाकोलाद्वारा ३२०० भन्दा बढि सफाईकर्मीहरुलाई सहयोग



काठमाडौं, ७ साउन — क्रिएशन र कोका—कोला नेपालले सफाईकर्मीहरुका लागि राहत प्रदानगरेको छ ।


देशभरका ३२१२ सफाईकर्मीलाई सुरक्षा सामग्री, राशन प्याकेज प्रदान गर्दैक सुरक्षा जागरुकता कार्यक्रम संचालन गरेको छ ।

कोभिड—१९ महामारीमा अग्रपतिंमा खटिएका सफाईकर्मीहरुलाई सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न प्रतिकृयाको रुपमा क्रिएशन र कोकाकोला नेपालको संयुक्त पहलमा सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट शुरु गरिएको हो ।


यसअन्तर्गत अन्तिम चरणको वितरण कार्यक्रम सिराहमा सम्पन्न भएका छ जहाँ ३७० सफाईकर्मीलाई गुणस्तरीय राशनको ३०० प्याकेज, औषधी, जागरुकता सामग्री र ग्लभ्स,बुट, पीपीई लगायत सुरक्षा सामग्रीहरु वितरण गरिएको छ।

राहत वितरणका साथै चिकित्सा परामर्श र सामान्य स्वच्छता जागरुकता समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रम सो क्षेत्रका स्थानीय सरकारी अधिकारीहरुको उपस्थीतिमा आयोजना गरिएको थियो ।


यसबाहेक, टोलीले भक्तपुर अस्पतालको आइशोलेशन वार्डमा कार्यरत सफाईकर्मीका लागि अस्पताल जागरुकता सत्र आयोजना गरेको छ ।

जागरुकता सत्र टोलीका चिकित्सा अधिकारी डा.निमेश खनालको नेतृत्वमा ३० भन्दा सफाईकर्मीहरुलाई प्रदान गरिएको थियो ।


सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट गत हप्ता सम्पन्न भएको हो । ६४ वटा राहत वितरण कार्यक्रम आयोजना गरिएको छ भने ३२१२ जना सफाईकर्मीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस अवधिमा, हरेक परिवारका ५ जना सदस्यलाई १ महिना सम्मका लागि पुग्ने राशन वितरण गरिएको थियो जहाँ १६००० भन्दा बढि लाभान्वित भएका छन् ।


यसका साथै ७७० सुरक्षा सामग्री वितरण गर्नुका साथ जागरुकता कार्यक्रम र चिकित्सा परामर्श प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्