कुखुराको मासुको मूल्य एक किलोमा १५ रुपैयाँ घट्यो ,अझै घट्न सक्ने

काठमाडौ । कुखुराको मासुको मूल्य घट्न थालेको छ ।
केही समय अगाडीदेखि बढेको कुखुराको शनिबारदेखि जिउँदो कुखुराको मूल्यमा १० र तयारी मासुको मूल्यमा १५ रुपैयाँ घटाएको पोल्ट्री संघले जनाएको छ ।
अब केही सातामै कुखुराको मूल्य घटेर प्रतिकेजी ३ सय रुपैयाँ आइपुग्न सक्ने संघले जनाएको छ ।
कोरोना भाइरस कोभिड १९ का कारण किसानले चल्ला नहालेपछि मासुको भाउ बढेको थियो ।
जिउँदो कुखुरा र मासुको मूल्य बढ्न थालेपछि कतिपय किसान र फर्महरुले चल्ला हाल्न थालेका थिए । अब ति कुख्रा बजारमा आउन थालेपछि भाउ पनि घट्न थालेको छ ।
केही समय अगाडी पोल्ट्री संघले कुखुराको मासुको मूल्य ३ सय ९० रुपैयाँ कायम गरेको थियो।