आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता
![](https://www.arthapath.com/wp-content/uploads/2020/08/Picture.jpg)
काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेट मार्फत सजिलै भुक्तानी गर्न सक्ने जनाएको छ ।
यस सम्बन्धि सम्झौता–पत्रमा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका छन ।
झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।