३ लाख २० हजारले पाए एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सेयर

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ आज मंगलबार बाँडफाँड भएको छ । सो कम्पनीको सेयर पाउने ३ लाख २० हजार ६ सय १४ जना भाग्यमानीले कम्तीमा १० कित्ता सेयर प्राप्त गरेका छन ।
आइपीओमा ४ लाख १७ हजार ९५८ जनाले सेयरको लागी आवेदन दिएका थिए । ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
आज बाँडफाँड भएको आइपिओमा ९७ हजार ३४४ जनाले सेयर पाउन सकेनन् । जसमध्ये ३१ लाख ६० हजार १८३ कित्ता सेयरमा सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।