बुधबार सुनको मुल्यमा भारी गिरावट :तोलामा ६ हजार २ सयले घट्यो

काठमाण्डौ – केही दिन यता लगातार बढेको सुनको मुलयमा आज भारी गिरावट आएको छ ।
आज एकैदिन सुन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार ुसन तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँ कायम भएको छ ।