निषेधाज्ञामा सेयर बजार बन्द नहुने, घरबाटै सबै काम गर्न सकिन्छ : अध्यक्ष ढुङ्गाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङुगानाले भोलीदेखी राजधानीमा निषेधाज्ञा भएपनि सेयर कारोवार भने नरोकिने बताएका छन । ‘हामी कारोवार रोक्ने पक्षमा छैनौं अध्यक्ष ढुङ्गानाले भने अहिले सेयर संबन्धी सबै काम घरबाटै गर्न सकिन्छ ।ʹ
लगानीकर्ता, ब्रोकर र मर्चेन्ट बैंकरका कर्मचारीलाई पनि घरैबाट सेवा दिन आग्रह गरेका छन । उनले भोलिबाट सबै मर्चेन्ट बैंकर र ब्रोकरका कर्मचारीलाई घरबाटै सेवा दिन आग्रह गरेका हुन ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले अफिसबाट काम गर्नै पर्ने भएमा विहान साँढे ९ बजेदेखी १० बजेसम्म अफिस पुगिसक्न र बेलुकी ३ बजेदेखी ५ बजेसम्म फर्किइसक्नुपर्नेछ । अफिस जानैपर्ने कर्मचारीले आफ्नो परिचयपत्रको आधारमा आवात जावत गर्न सक्नेछन ।
हामीले लकडाउनको बेलामा पनि धेरै काम घरबाटै गरेकाले सबैलाई घरैबाट सेयर कारोवार गर्न अध्यक्ष ढुङ्गानाले आग्रह गरेका छन । अहिले खुलेका आइपिओमा लगानीकर्ताले सेयर भर्न पनि कुनै झमेला नपर्ने अनलाइनबाटै कसेयर भर्न सकिने बताइएको छ ।