निषेधाज्ञा उल्लंघन गर्ने ९ सय सवारी कार्वाहीमा, उपत्यकाको जनजिवन प्रभावीत

उषा रेग्मी
काठमाडौं । उपत्याकाको तिन जिल्ला निषेधाज्ञा घोषण भएपछि आज करिव ९ सय सवारी कार्वाहीमा परेका छन । स्थानिय प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै उपत्यकामा आजदेखी १ साताको निषेधाज्ञा जारी गरेको छ ।
बिहिबार दिउसो १ बजेसम्म ९ सय सवारी कार्वाहीमा परेको उपत्यका ट्राफिक प्रवक्ता एसपी बामदेव गौतमले बताए । गौतमले भने कार्वाहीमा परेका सवारीसाधनलाई साँझ ८ बजेमात्रै सम्झाएर छोडिने बताए । उपत्यकामा सुरक्षाकर्मीले कडा गरेपछि सवारीसाधन कार्वाहीमा परेका हुन ।
विहानदेखि उपत्यकाका तीन जिल्लामा अत्यावश्यक बाहेकका सबै कार्यमा रोक लगाइएको छ ।
विहिबार सरकारले गरेको निषेधाज्ञाका उल्लंघन गर्ने ८ सय ९३ वटा सवारी साधन दिउसो १ बजे सम्म कारवाहीमा परेको ट्राफिक प्रभक्ता वामदेव गौतमले अर्थपथलाई जानकारी दिएका छन ।
साथै प्रहरीले पैदलयात्रुलाई समेत समातेर होल्डीङ सेन्टरमा राखिएको छ ।