तिज के हो, कसरी मनाउने ? ज्यान रहे अर्को सालपनि मनाउन पाइन्छ « Arthapath.com
५ भाद्र २०७७, शुक्रबार

तिज के हो, कसरी मनाउने ? ज्यान रहे अर्को सालपनि मनाउन पाइन्छ



रुद्र आचार्य

महिलाहरुको महान पर्व हरितालिका तिज यसपाली कोरनाको कारणले गर्दा फिक्का बनेको छ । भाद्र शुक्ल द्धित्तियाको दिन देखि सुरुभई तिनदिनसम्म अर्थात ऋषिपञ्चमिको दिनसम्म मनाइने तिजको आफ्नै महत्व छ । अविबाहित महिलाहरु जो प्रथम पटक रजस्वला भएका स्त्रीहरुले मनले सोचेजस्तो वर (केटा) पाईयोस भनेर बस्ने गर्छन भने, विवाहित महिलाले आफ्नो श्रीमानको दिर्घायु र सु(स्वास्थ्यको कामनाको लागी तिजको ब्रत बस्ने गर्छन् ।

तिजमा सबैले विवाहित भएका दिदि बहिनीहरुलाई लिन जाने र दिदि बहिनीहरु पनि माईतिको निमन्त्रणालाई स्वीकार गरि जाने प्रचलन छ । तिजमा विषेस गरी गाउँघरमा बर्खाभरी घरमा दुःख गरेका चेलीहरुजम्म भई माइती गएर गित गाएर नाचेर रमाउने गर्छन । भाद्र शुक्ल पक्ष द्वितियाको दिन बेलुका मिष्ठान्न भोजन (दर) खाने प्रचलन छ । । बेलुकीको १२ वजे दर को रुपमा आडिलो भोजन खिर तथा अन्य मिष्ठान्न भोजन गर्ने परम्परा छ । भोलिपल्ट दिनभर ब्रत (भोकै बस्न) पर्ने भएकाले भाद्र शुक्ल पक्ष द्वितिया दिन सबै चेली जम्मा भएर राति दर खाने परम्परा रहेको छ ।

ब्रतको दिन भोलिपल्ट नाचगान गर्ने गित मार्फत घरका दुःख पिडाहरु पोख्ने खालको कारुणिक गितहरु गाउछन् त कोहि तिजमा आफ्ना रहरहरु गितमार्फत पोख्ने खालका गितहरु गाउने गर्दछन भोलिपल्ट दिनभर ब्रत बसि बेलुकि साँझको तारा उदायपछि तुलसिको पुजा गरेर भोजन गर्ने परम्परा छ । चर्तुथिको दिन खाल्चा अर्थात नियमित जस्तै साकाहरी भोजन गर्ने मिष्ठान्न परिकार खाने नाच्ने गाउने र पञ्चमीको दिन बिहान नजिकैको खोलामा गई दत्तिवनको तिनसय पैसठ्ठि टुक्राले दाँत माझी सुद्ध भई चोखो कपडा लगाइ भगवान शिवजीको पुजा आरधना गरि पञ्चमी पुजा लगाई बेलुकी सुर्यअस्त पछि शुद्ध साकाहारी भोजन गर्ने परम्परा सदियोै काल देखि चल्दै आएको हो ।

तर आधुनिक रुपमा महिलाहरुलो यो परम्परा लाई परिमार्जन गरि तिज आउनु भन्दा महिना दिन अगाडि देखी शहरका गल्ली गल्लीमा तिजको दरकोनाममा दारु पार्टी चल्ने गरेको थियो । पालो पालो दर खाने र खुवाउने परम्परा शहरमा बिषेस भईसकेको छ । तर यसपालि कोरोना भाईरसको संक्रमणको जोखिमको कारणले गर्दा र स्थानिय सरकारले लगाएको निषेधाज्ञाको कारणले शहर सुनसान छ ।

एकले अर्कालाई सँक्रमितको दृष्टिले हेर्न थालेको अवस्था छ । चेलिहरु माईत नगई आफेनै घरमा साधारण रुपमा तिज मनाउदै छन् । ज्यानरहे तिज अर्को वर्ष पनि मनाउन पाईन्छ । त्यसैले सबै जाना आ–आफ्नो घरमा रहि तिज पर्ब मनाऔ सरकारले जारि गरेको निषेधाज्ञाको पालना गरौ २०७७ सालको हरितालिका तिजको सबैलाई सुभकामना ।।


प्रतिक्रिया दिनुहोस्