सिडिएसको सीइओमा गिरी, चालिसे र आचार्य सिफारिस, कसले मार्ला बाजी ? « Arthapath.com
८ भाद्र २०७७, सोमबार

सिडिएसको सीइओमा गिरी, चालिसे र आचार्य सिफारिस, कसले मार्ला बाजी ?



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ३ जनाको नाम छनोटमा परेको छ । १ दर्जनभन्दा बढी व्यक्तिहरुले आवेदन दिएको सिडिएसमा अन्तत ३ जना छनोटमा परेका हुन ।

सिडिएसको सिईओ बन्न तत्कालिन समृद्धि क्यापिटलका सिईओ रहेका कृष्ण गिरी, हाल सिटी एक्प्रेस फाइनान्सका सिईओ रहेका भिष्मराज चालिसे र कृषि विकास बैंकका पुर्व कर्मचारी पुर्णप्रसाद आचार्य छनोटमा परेका छन ।

अषेज ९ गतेदेखी सिईओविहीन बनेको सिडिएसले बल्ल सिईओ पाउन लागेको हो । दावेदारहरु अर्थमन्त्री डा. युवराज खतिवडा संग च्यानल मिलाउनैमा व्यस्त रहेका छन । सिडिएसका संचालक समितिका सदस्य निरञ्जन फुँयालले सिईओ छनोट अन्तिम अवस्थामा पुगेको बताए ।

सिफारिसमा परेका ३ जनामध्येबाट सडिएस संचालक समितिले सिईओ छनोट गर्नेछ । अहिले नेकपा सरकार छ । नेकपा निटक पुर्वेली पुर्णप्रसाद आचार्य र नेकपाका नेताहरुसंग राम्रो रिलेसन भएका कृष्ण गिरीले पार्टीको भिट्टो पावर लगाउँदैछन । उता भिष्म चालिसेपनि हालका पर्यटनमन्त्री योगेश भट्टराईसंग रामो संबन्ध भएका व्यक्ति हुन ।

सिफारिसमा परेका ३ जनामध्येबाट १ जनालाई नेप्सेले सिईओमा नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ । नेपाल स्टक एक्चेन्जमा सरकारकै मुख्य लगानी छ । त्यहाँ सरकारकै निर्णय लागु हुन्छ ।


प्रतिक्रिया दिनुहोस्