बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा तरकारी पसलहरुको अनुगमन « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा तरकारी पसलहरुको अनुगमन



काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुर ठीमि स्थित अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले सञ्चालन गरेका पसल, हरित सामुदायिक कृषि बजार तिनकुनेका पसल र काठमाण्डौ नरेपाँटस्थित थोक तरकारी वजारस्थित पसलको अनुगमन गरेको छ ।
मंगलबार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीसहितको टोलीले उक्त क्षेत्रका पसलहरु अनुगमन गरेको हो ।

हाल कोभिड १९ को रोकथाम तथा न्यूनिकरणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा अत्यावश्यक पसलहरु खुला गर्न दिएको छ । खुला हुने पसलहरुले कोरोना भाईरसबाट जोगिन सुरक्षा उपाय अपनाउनुपर्ने छ । यसको सदुपयोग के कसरी भईरहेको छ भनेर विभागले अनुगमन गरेको हो ।

त्यस्तै विभागले पसलहरु खोल्दा अपनाउनुपर्ने सुरक्षाको पनि निर्देशिका जारी गरेको छ । विभागले कोभिड १९ सँग सम्वन्धित स्वास्थ्यको मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्नुपर्ने, पसल वा व्यवसाय दर्ता गर्न वाँकी भएकोमा २ महिनाभित्र सम्पन्न गर्ने र पसल कवलको परिचय खुल्ने गरी व्यवसाय गर्न र विलविजक जारी गर्नुपर्ने भएको छ ।

त्यस्तै अनगमनका क्रममा गोलभेडाको उत्पादन नै कम भएको हुँदा टनेलको गोलभेडा पूर्ण तयारी नहुने समयमा महँगो पर्ने विभागले जनाएको छ । किसान वा किसानहरुको समूहसँग तरकारी लिई थोकवजारसम्म पुर्याउने ढुवानी कर्तालाई सहज बातावरण निर्माण गर्न तहको पहिचान नरहेकोले सो सम्वन्धमा सम्वाद गरी नियमन गरिनुपर्ने र थोक तरकारी वजार र खुद्रा तरकारी वजारवीचको मूल्य अन्तर सम्वन्धमा थप अध्ययन र निगरानी गर्नुपर्ने भएको विभागका महानिर्देशक नेत्र सुवेदीले बताए ।

त्यस्तै बजारको तह र मूल्य निर्धारण मापदण्ड समेत तयारीको क्रममा रहेको र किसान एवं उपभोक्ता मार पर्ने संभावनालाई दृष्टिगत गरी विभागले बजार अध्ययन र अनुगमनमा सकृयता वढाउने गरि विभागले यसमा सक्रियता देखाउनुपर्ने भएको छ । अन्य विभाग र पक्षको समेत सहयोग र समन्वय आवश्यक पर्ने विभागले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्