आहा चिटिक्क बन्दै रानीपोखरी, ९० प्रतिशत निर्माण सम्पन्न, असोज १५ गते उद्घाटनको तयारी « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

आहा चिटिक्क बन्दै रानीपोखरी, ९० प्रतिशत निर्माण सम्पन्न, असोज १५ गते उद्घाटनको तयारी



चित्रराज भण्डारी / उषा रेग्मी

काठमाडौं । राजधानीको मुटुमा अवस्थीत रानिपोखरी एक ऐतिहासीक सम्पदा हो । २०७२ साल बैंसाख १२ गतेको भुकम्पले पोखरी र मन्दिरमा क्षती पुर्याएपछि त्यसको पुर्ननिर्माण थालिएको हो । ई. सं. १६६५ मा राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युले शोकाकूल रानीलाई खुसी तुल्याउन पोखरी निर्माण गरेका थिए । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए ।

रानीपोखरी पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको पुरातत्व विभागका ईन्जिनियर पुर्ण बहादुर श्रेष्ठले जानकारी दिए । सुरुमा उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण कार्य भएको थियो भने उपभोक्ता समितिलाई रद्ध गराएर पुननिर्माण प्राधिकरणले टेण्डर प्रक्रियाबाट काम गर्न थालेको हो । उपभोक्ता समितिले करिब १० करोडको काम सम्पन्न गरेको थियो । उपभोक्ता समितिले पोखरीमा रहेको जम्मा माटोलाई हटाएर सम्म बनाएको हो ।

त्यसपछिको अन्य काम गर्नका लागि टेण्डर प्रक्रियाबाट १७ करोड खर्च भएको छ । पोखरीको पिँधमा बालुवा, कालो माटो र इँटा बिच्छ्याउने कार्य जारी रहेको सीएम तुलसी जेभी निर्माण कम्पनिका शान्त कुमार श्रेष्ठले बताए । उनले भने “पोखरीको पिँधमा पहिलो तहमा बालुवा छर्ने, दोस्रो तहमा कालो माटो १५ इन्चसम्म राख्ने र तेस्रो तहमा प्रताप मल्लका पालाका ‘महापा’ इँटाले सोलिङको काम सकिएको छ । ‘महापा’ इँटा भक्तपुरको दक्षिण बराहीबाट ल्याईएको हो । रानीपोखरी ऐतिहासिक महत्वको सम्पदा भएकाले कामदारदेखी सामाग्री जहाँ त्यहि पाउन मुस्किल हुने गरेको छ ।”

हाल पोखरीको पिँधमा सोलिङको काम सम्पन्न भएको छ । पोखरीमा केहि मात्रामा पानी पनि राखिएको छ । वर्षाको समयमा सडकको पानी पोखरीमा पस्न नपाउने गरी निर्माण गरिएको श्रेष्ठले बताए । मन्दिरको गजुरदेखी तलसम्म प्लास्टरको काम बाँकि रहेकोमा यसलाई केहि दिनमा नै सिध्याईने छ । त्यस्तै बाटो सफा गर्नुपर्ने, दुबो रोप्ने लगायतका काम पनि बाँकि रहेको छ । बाँकि काम भाद्र महिनाको अन्तिमसम्म सकिने निर्माण कम्पनिले दावी गरेको छ ।

असोज १५ गतेका दिन रानीपोखरी उद्घाटन कार्यक्रम तय गरिएको छ । कम्पनीका श्रेष्ठले भने “कोरोना भाईरसले गर्दा निर्माण कार्यमा प्रभाव परेको छ । बैशाख १२ गते उद्घाटन गर्ने भनिएको थियो तर चैतदेखी करिव ५ महिना लामो लकडाउनले गर्दा उद्घाटन मिति सारिएको हो । कडाउन अघि सय जनाभन्दा बढिले काम गरिरहेका थिए भने लकडाउनमा मजदुरहरुलाई घटाएर २० जना मात्रै कामदार राखेर काम गरेका छौँ ।” फेरि काठमाडौंमा निषेधाज्ञा लगाईएकाले अहिलेपनि समस्या भईरहेको छ । तर यस कार्यलाई रोक्नु हुँदैन भनेर आवश्यक प्रबन्ध मिलाएर कामलाई निरन्तरता दिएको र कोरोनाले चुनौती थपिएको भएपनि काम नरोकिएको उनले बताए ।

उपभोक्ता समितिले १० करोड रुपैयाँमा मुख्य पोखरीको माटो क्लिन, पिंध एवं पर्खाल निर्माण गरेको हो । रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य भने १७ करोड रुपैयाँको टेण्डर प्रक्रियाबाट भईरहेको छ । रानिपोखरी निर्माणमा हालसम्म २७ करोड रुपैयाँ लागत लागेको पुरातत्व विभागका ईन्जिनियर पुर्ण बहादुर श्रेष्ठले जानकारी दिए ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गर्न लागिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण भईरहेकोे छ ।
१८० मिटर लम्बाइ र १४० मिटर चौडाइ रहेको रानिपोखरी ६२ रोपनी १३ आना क्षेत्रफलमा अवस्थित छ । वि.सं. १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप थिए । भुकम्प गएको १ वर्षपछि २०७३ बैशाख १२ गते रानीपोखरीको राष्ट्रपति बिद्यादेबि भण्डारीले सिलन्यास गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्