कोरोना महामारीबीच ५० हजार नेपाली स्वदेश फर्के « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

कोरोना महामारीबीच ५० हजार नेपाली स्वदेश फर्के



काठमाडौं। गत चैत ११ गते यता कोरोना महामारीका कारण विभिन्न देशमा अलपत्र परेका साढे ५० हजार भन्दा बढी नेपाली जहाज मार्फत स्वदेश आएका छन ।


२०७६ चैत ११ देखि २०७७ साउन ३२ गतेसम्म विभिन्न देशबाट ५० हजार ७२३ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका अध्यागमन विभागको तथ्याङ्कले देखाउछ ।

नेपाल आएका मध्ये ५० हजार ५१५ जना नेपाली नागरिक र बाँकी विदेशी नागरिक रहेका छन ।
त्यस्तै कोरोना महामारीका बीच ३७ देशका नागरिक नेपाल आएको विभागको तथ्याङ्कले देखाउँछ।

त्यस्तै गत चैत ११ गतेदेखि नेपालबाट २० हजार ७१० जना विदेश गएका छन्। विदेश जानेमा ११ हजार २२६ जना नेपाली रहेका छन।भने अरु विदेशी नागरिक रहेको अध्यागमन विभागले जनाएको छ ।
त्यस्तै नेपालबाट ९७ भन्दा बढी देशका नागरिक स्वदेश फर्केका छन्। ।


प्रतिक्रिया दिनुहोस्