कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो



काठमाडौं । विश्मा नै महामारीको रुपमा फैलीरहेको नोवेल कोरोना भाइरस कोभिड १९ को बीमा गराउनेको संख्या १० लाख नाघेको छ ।


शुक्रबारसम्म कोरोना बीमा गराउनेको संख्या १० लाख नाघेको बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले ले जनाएको छ ।
समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ सय ३३ जनाको कोरोना बीमा भएको छ ।
त्यस्तै उता बीमा संस्थानबाट सरकारी कर्मचारीहरुको बीमा गरिने छ ।त्यसैगरीसंस्थानबाट लगभग २ लाखको बीमा गरिएको छ ।
त्यसैगरी अन्य बीमा कम्पनीहरुबाट भएकोे बीमाबाट ४६ करोड ९८ लाख ७९ हजार १ सय ८२ रुपैयाँको बीमा शुल्क आर्जन गरिएको छ
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका सरकारी कर्मचारीहरुको भने सरकारले निःशुल्क बीमा गरेको छ ।

त्यस्तै शुक्रबार सम्ममा ५ सय ९९ जनाले कोरोना विमाको दावी भुक्तानी लिएका छन् ।

कोरोना बीमाको अवधि एक वर्ष रहेको छ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना पीसीआर परीक्षण पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बीमा दाबी भुक्तानी पाइनेछ ।
समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था बनाएको छ ।
त्यस्तै परिवारकै बीमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्