भारतमा १ दिन थपिए ७८ हजार भन्दा बढी कोरोना संक्रमति « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

भारतमा १ दिन थपिए ७८ हजार भन्दा बढी कोरोना संक्रमति



कठमाडौं । विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरस कोभिड १९ बाट भारतमा पछिल्लो २४ घन्टामा ७८ हजार ५ सय १२ जना कोरोनाभाइरस संक्रमति थपिएका छन् । यो भारतमा अहिलेसम्म एकै दिन थपिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो ।

यस्तै भारतमा १ दिनमा ९ सय ७१ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।
योसँगै भारतमा हालसम्म ६४ हजार ४ सय ६९ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन ।
भारतमा ३६ लाख २१ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएके छ ।
यीमध्ये २७ लाख ७४ हजारभन्दा बढीले कोरोना निको भएर घर फकेका छन ।


प्रतिक्रिया दिनुहोस्