सोमबार थप ९७९ जनामा कोरोना, १ हजार ७ सय ३६ जना डिस्चार्ज भए « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

सोमबार थप ९७९ जनामा कोरोना, १ हजार ७ सय ३६ जना डिस्चार्ज भए



काठमाडौं । सोमबार थप ९७९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् । यो संगै कोरोना निको हुनेको संख्या ३० हजार ६७७ जना पुगेको छ ।

२४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको छ । यो संगै मुत्युहुनेको संख्या ३०० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्