नेकपा स्थायी समिति बैठक आज, ओली र प्रचण्डको झगडा सकिने « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

नेकपा स्थायी समिति बैठक आज, ओली र प्रचण्डको झगडा सकिने



काठमाडौं । शुक्रबार २६ भाद्रमा नेकपा स्थायी समिति बैठक बस्न लागेको छ । पार्टीभित्र देखिएको २ अध्यक्ष विचको विवाद यस बैठकले अन्त्य गर्ला ? धेरैको चासो देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई अध्यक्षविच हिजो साँझा बालुवाटारमा छलफल भएको थियो । स्थायी समितिमा दुई अध्यक्षविच मिलेर जाने र झण्डै ८ महिनादेखी जारी अन्तरकलह आज अन्त्य गर्ने जनाएका छन ।

पार्टीका २ अध्यक्षविच सहमती हुने सम्भावना देखिएको छ । पार्टीभित्र विवाद बढ्दै गएपछि गत साउन ३० गते ६ सदस्यीय ‘समस्या समाधान सुझाव कार्यदल’ गठन गरिएको थियो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित सो कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र स्थायी समिति सदस्य शंकर पोखरेल सदस्य थिए ।

नेकपा नेताहरूका अनुसार आज (शुक्रबार) बिहान ११ बजे स्थायी समिती बैठक प्रधामनमन्त्री निवास बालुवाटारमा बस्दै छ । आजको बैठकमा पार्टिका अर्का नेता माधन नेपाललेसमेत सहमती जनाउनेछन ।


प्रतिक्रिया दिनुहोस्