नेपाल–भारत सीमा क्षेत्रका एक नेपाली युवामाथि गोली प्रहार « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

नेपाल–भारत सीमा क्षेत्रका एक नेपाली युवामाथि गोली प्रहार



काठमाडौं । मोरङको नेपाल–भारत सीमा क्षेत्रका एक नेपाली युवामाथि गोली प्रहार भएको छ ।
मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै भारततर्फ छिरेका विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि नेपाल–भारत सीमा क्षेत्र दशगजामा गोली प्रहार गरिएको हो ।

उनीमाथि भारततर्फको भूमिमा गोली हानिएको हो। भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा पर्ने घटनास्थल मटेरुवा प्रहरी चौकीबाट लगभग ३० मिटर मात्रै पश्चिममा रहेको स्रोतले जनाएको छ ।

सीमामा खटिएका नेपाल र सशस्त्र प्रहरीले घटना भएको बेला कुनै जानकारी पाउन नसकेको बताए ।
कोरोना भाइरस संक्रमणका कारण अहिले सीमा क्षेत्रबाट दुई देशबीचको आवतजावत बन्द गरिएको छ ।
सीमाका सुरक्षाकर्मीलाई छल्दै आइतबार दिउँसो ३ बजेतिर भारततर्फ लागेका मण्डलमाथि केही पर पुगे पछि गोली प्रहार भएको खुलेको पाइएको छ ।

विवादका क्रममा क्यारम खेलिरहेकामध्ये भारत जोगवनीका अन्दाजी २५–३० वर्षीय मुकेश यादवले आफूसँग भएको पेस्तोल निकालेर गोली प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्