चन्द्रागिरि हिल्सको दसैँ तिहार अफर, केवलकारमा ५०% छुट, जोडीका लागी ६ हजार ५ सयको एक दिने प्याकेज « Arthapath.com
७ आश्विन २०७७, बुधबार

चन्द्रागिरि हिल्सको दसैँ तिहार अफर, केवलकारमा ५०% छुट, जोडीका लागी ६ हजार ५ सयको एक दिने प्याकेज



काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर ल्याएको छ । चन्द्रागिरी हिल्सले विभिन्न प्याकेज सहितको अफर सार्वजनिक गरेको छ । जस अन्र्तगत चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोटमा ६,५००।– को प्याकेजमा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुम सहतिको प्याकेज सार्वजनिक गरेको छ ।

यो अफर अशोज ८ गतेदेखी लागु भइ १५ मङ्सिर २०७७ सम्मका लागि मान्य हुने व्यवस्था गरिएको छ । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्