विषाक्त रसायन भेटिएपछि थप ९ कम्पनीका स्यानिटाइजरको बिक्रीवितरणमा रोक ,कुन कुन कम्पनी परे प्रतिबन्धमा ? « Arthapath.com
१२ आश्विन २०७७, सोमबार

विषाक्त रसायन भेटिएपछि थप ९ कम्पनीका स्यानिटाइजरको बिक्रीवितरणमा रोक ,कुन कुन कम्पनी परे प्रतिबन्धमा ?



काठमाडौँ — विषाक्त रसायन भेटिएपछि औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ ।
कम्पनको ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा भारत उत्तराखण्डको सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर, पर्साको आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर र बनेपाको कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजरका दुई वटा९५०० मिली र ५ लिटरका रहेका छन् ।


त्यस्तै ओम आरोग्य हेल्थकेयर प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको साधना सप्लायर्सको साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर र काठमाडौंको कालिका सोप एन्ड केमिकल्स प्रालिको ड्रोन ह्यान्ड स्यानिटाइजरको पहेँलो रंगर रंग नमिसाइएको रहेको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्