पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने निजी ल्याबहरुको संयुक्त घोषणा

काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ परिक्षणको शुल्क घटाए पनी कोरोना परीक्षणमा चर्को शूल्क असुल्दै आएका निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने बताएका छन् ।
आज ८ वटा निजी ल्याबहरुले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति निकालेर पीसीआर टेष्टको शूल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने बताएका छन ।पछिल्लो समय सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ ।
तर निजी प्रयोगशलाहरुले सरकारले तोके भन्दा बढी शुल्क लिदै आएका थिए ।३ हजार ८ सय ९९ सय शुल्क लिनेमा स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशा रहेको छन । विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम यो शूल्क कायम गरेको उनीहरुले बताएका छन ।
संयुक्त प्रेस विज्ञप्ति यस्तो छ :
