विश्व स्वास्थ्य संगठन भन्छ – विश्वका १० प्रतिशत मानिसलाई कोरोनाको संक्रमण भइसकेको हुनसक्छ « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

विश्व स्वास्थ्य संगठन भन्छ – विश्वका १० प्रतिशत मानिसलाई कोरोनाको संक्रमण भइसकेको हुनसक्छ



काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका करोडौं मानिसहरूलाई कोरोनाको संक्रमण भइसकेको हुनसक्ने जनाएके छ ।

संगठनले यो संख्या हाल प्रमाणित भइसकेका ३ करोड ५० लाख संक्रमित भन्दा बढी भइसकेको हुनसक्ने अनुमान गरेको हो।

हाम्रो अहिलेसम्मको उत्कृष्ट अनुमानले विश्वको १० प्रतिशत जनसंख्यालाई संक्रमण भइसकेको हुनुपर्छु, संगठनका आपतकालिन संचालन प्रमुख माइक रायनले बताए ।संगठनको सोमबार बसेको कार्यकारी बोर्डको बैठकमा उनले यस्तो बताएका थिए ।

देश अनुसार यो फरक हुनसक्छ । यो शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा फरक पर्नसक्छ । यो समूहबिचमा फरक हुनसक्छु, रायनले जेनेभामा भने, ुयसको मतलब विश्वको धेरै संख्या खतरामा छ भन्ने हो ।
उनले संसारमा महामारी विकास हुने क्रम जारी रहेपनि विश्वसँग कोरोनालाई दबाउँदै जीवन बचाउने उपकरण भएको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्